घोराहीमा झुण्डियो स्वास्थ्य विज्ञान प्रतिष्ठानको बोर्ड!

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेदेखि किचलो

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेदेखि किचलो
+
-

दाङ– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको बोर्ड टाँगिएको छ। उपक्षेत्रीय अस्पतालको प्रशासन शाखा रहेको भवनमा राखिएको प्रतिष्ठानको बोर्डको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले अनावरण गरे।

प्रतिष्ठानको कार्य सञ्चालनका लागि ४ जना पदाधिकारी यहाँ आएका छन्। उपकुलपति डा. भण्डारी सहित शिक्षाध्यक्ष डा. रतिन्द्रनाथ श्रेष्ठ, डिन डा. ऋतु बराल र राजिष्टार रामप्रसाद प्याकुरेल आएका छन्। तर, काम गर्न आएपनि अस्पताल प्रसासनले सहयोग नगरेको आरोप लगाइएको छ।

छिटो काम गर्न नागरिक समाजको खवरदारी

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रकृयागत कामलाई छिटो अगाडि बढाउन दाङका सरोकारवालाहरुले आग्रह गरेका छन्।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान साझा सम्पत्ति भएको भन्दै कुनै पनि बहानामा यसको काम रोकिन नहुनेमा समेत सरोकारवालाहरुले सचेत गराएका छन्। प्रतिष्ठानका पदाधिकारी र उपक्षेत्रीय अस्पताल प्रशासनबीच समन्वय नदेखिएको भन्दै सरोकारवालाहरुले प्रतिष्ठानलाई बिबादमा पार्न नहुनेमा जोड दिएका छन्।

नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले व्यक्तिगत स्वार्थका कारण प्रतिष्ठान धरापमा पर्ने अबस्था देखिएको भन्दै सचेत गराए ।

प्रतिष्ठानको कामलाई छिटो अघि बढाएर गुणस्तरीय चिकित्सा शिक्षा, दक्ष जनशक्ति उत्पादन र स्तरीय स्वास्थ्य सेवा दिने गरी काम थाल्न संयोजक पन्तले प्रतिष्ठानलाई आग्रह गरे। प्रतिष्ठानका उपकुलपति डा. संगिता भण्डारीले आफूहरुले जिम्मेवारी लिएर घोराहीमा आए पनि अस्पताल प्रशासनले कुनै पनि सहयोग नगरेको गुनासो गरिन्।

उपक्षेत्रीय अस्पताल प्रतिष्ठानको मातहतमा आइसकेको अवस्थामा पनि अस्पताल प्रशासन प्रमुखले आफूहरुलाई कार्यालय सञ्चालन गर्ने कोठाको समेत व्यवस्था नगरेको बताइन्। प्रतिष्ठानका उपकुलपति डा. भण्डारी र अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. जनार्दन पन्थी बिच आरोप प्रत्यारोप चल्दै आएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?