
सुरुमा पछि परेर पनि युक्रेनको क्लब शाख्तर डोनेट्स्कले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत बुधबार राति भएको खेलमा जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा डोनेट्स्कले इटालियन क्लब रोमालाई २–१ ले हराएको हो ।
४१ औँ मिनेटमा सेनगिज अण्डरको गोलबाट रोमाले पहिलो हाफमा १–० को अग्रता लियो । तर दोस्रो हाफमा घरेलु टोलीले दुई गोल ग¥यो । ५२ औँ मिनेटमा फाकुण्डो फरेराले शाख्तरका लागि बराबरी गोल फर्काए ।
७१ औँ मिनेटमा फ्रेडले गोल गरेपछि शाख्तरले २–१ को महत्वपूर्ण जित निकाल्यो । शाख्तरले रोमालाई स्तब्ध पा¥यो । दोस्रो लेग आउँदो मार्च १३ मा रोमाको मैदानमा हुनेछ ।