
काठमाडौं – सिरहा र बर्दियामा भएका दुर्घटनामा दुईजनाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन् ।
सिरहाको धनगढीमाई नगरपालिका–९ मा बुधबार राति पिकअप भ्यानको ठक्करबाट मोटरसाइकलमा रहेका एकजनाको ज्यान गएको हो भने एकजना गम्भीर घाइते भएका छन् ।
राति ९ बजे ना २ च ६२२७ नम्बरको गाडीले स ७ प ६४०९ नम्बरको मोटसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका एकजनाको ज्यान गएको हो । मोटरसाइकलमै रहेका अर्का एकजना घाइते भएका छन् । दुवैको परिचय खुलेको छैन ।
यसैगरी बर्दियाको राजापुर नगरपालिका–३ मा राति सवा १० बजे से ३ प ६४८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा एकजनाको ज्यान गएको छ भने अर्का एकजना घाइते भएका छन् ।
मोटरसाइकलको पछाडि बसेका कैलालीको टीकापुर नगरपालिका–४ का ३० वर्षे बजारु चौधरकिो ज्यान गएको हो । घाइते भएका चालक सोही ठाउँका २८ वर्षे रामबहादुर चौधरीको नेपालगञ्जमा उपचार भइरहेको छ ।