दाङ-जति अग्लो भए पनि आकाश छुने होइन। तर अग्लिनेलाई आकाशै छोए जस्तो। हेर्नेलाई होकी जस्तो।नजिकबाट समगरमाथा देख्ने मौका धेरैले नपाएका हुन सक्छन्। तर सगरमाथाको उचाईको कुरा गर्ने र त्यसले छोएको आकाशको कल्पना गर्ने हामी सबै छौँ।
सगरमाथाले आकाशको सपना देखाउँछ। सपनाको उचाई पनि बताउँछ। सगरमाथासँग हाम्रो गौरव जोडिएको छ। र जोडिएको छ अधिकांश नेपालीको आस्थाको मूल पनि।
हिमालयपर्वत भगवानशिवको बासस्थान। यहिँ बसेर शिवले गरेका अनेक लिलाको कुरा। ती सबै सगरमाथा जस्तै अग्ला। यस्तै उचाई र शिवसँग जोडिएको अर्को धरोहर पनि छ हामीसँग, विश्वकै अग्लो त्रिशूल।
दाङको धारापानी १धारापानीमा रहेको पाण्डवेश्वर महावदेवको मन्दिरको माथिल्लो भागमा छ भीमकायत्रिशूल। उचाई ५५.५ फिट, गोलाई ४४ इन्च। घोराहीबजारबाट झण्डै आधा घण्टा दक्षिण तर्फ गाडीको यात्रापछि पुगिन्छ, पाण्डवेश्वर महादेव मन्दिर परिसर।
चुरे पहाडको काखमा रहेको मन्दिर। सालसहितका बुटाले भरिएको डाँडा। त्यसमाथिपौराणीक इतिहास बोकेको मन्दिर। त्यसको माथिल्लो क्षेत्रमाअग्लो त्रिशूल।
पाण्डवेश्वर महादेव मन्दिर
पाँच पाण्डवले वनबासको क्रममा यहाँ आएर तपस्या गर्नका लागि स्थापना गरेको मन्दिर भएकाले यसको नाम पाण्डवेश्वर महादेव रहन गएको भनाई छ। पाण्डवहरुले स्थापना गरेका मूर्तिहरु अहिले पनि रहेको मन्दिरका पूजारी पदमप्रसाद गौतमले बताए।
उनीहरुले स्थपना गरेकाशिवको मूर्ति, शिवलिंग, विष्णुपादुका, गाईका पाइला तथा गंगा र यमुना नदीका घेरा अहिले पनि स्पष्ट देखिने पूजारी गौतमले बताए।
पाण्डवले यहाँ बसेर तपस्या गरी मूर्तिमाशक्ति स्थापना गरेर स्वर्गद्वारी गइहोम यज्ञ गरेको मान्यता रहीआएको छ। पाण्डवेश्वर मन्दिरमाशिवरात्रिका बेला हरेक वर्ष मेलालाग्ने गर्दछ।

यस्तै बालाचर्तुदशी, साउनमहिना, हरेक सोमबार तथा अरु विभिन्नअवसरमादर्शनार्थीको भिड लाग्ने गरेको छ।
यस्तै अरु बेलामापनि देशकाविभिन्न ठाउँबाट मन्दिरसहितअग्लो त्रिशूल हेर्नकालागिआउने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।
त्रिशूल र पर्यटन
साढे ५५ फिट अग्लो र ४४ इन्चगालाई भएको त्रिशूलनिर्माणका लागि सातहजार ७ सय १८ किलो फलाम प्रयोग भएको छ।
यस्तै दुई सय २६ किलो तामा, दुई सय पाँचकिलो तामातथा १० किलो कासबाट यो त्रिशूलनिर्माण गरिएको पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले जनाएको छ।
त्रिशूल रहेको ठाउँबाट माथितिर चुरे पहाड तथातल फाँट अनि घोराहीबजार देखिन्छ। दैनिक एक सय भन्दा बढी मानिस अवलोकनकालागिआउने गरेको समितिले जनाएको छ।
पाण्डवको समयसँगजोडिएको मन्दिर अनिआफैलाई अग्लो भएको महसुस गराउने त्रिशूल अवलोकन गर्न आउनेहरु आफू पनि थप अग्लो भएरको महसुस गर्दै फर्किन्छन्, किनकी त्रिशूलको उचाई र मन्दिरको भव्यताले सानो होइन ठूलो भएको महसुस गराउने क्षमता राख्छ।त्यसको प्रमाण वरिपरीको जंगलको भुइँमा फुलेका फूलले दिएका छन्।






तस्बिरहरु- टंक ढकाल/ देश सञ्चार

भर्खरै
लोकप्रिय






































































































































































































