बल टेम्परिङ्ग

अस्ट्रेलियाली कप्तान स्मिथ र उपकप्तान वार्नरमाथि १ वर्षको प्रतिबन्ध

अस्ट्रेलियाली कप्तान स्मिथ र उपकप्तान वार्नरमाथि १ वर्षको प्रतिबन्ध
+
-

अस्ट्रेलियाका कप्तान स्टीभन स्मिथ र उपकप्तान डेविड वार्नरमाथि एक वर्षको प्रतिबन्ध लागेको छ । बल टेम्परिङ्ग मामिलाका उनीहरुमाथि क्रिकेट अस्ट्रेलियाले एक वर्षको प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

बल टेम्परिङ्ग गरेका क्यामरन बेनक्राफ्टमाथि ९ महिनाको प्रतिबन्ध लागेको छ । दक्षिण अफ्रिकासँगको तेस्रो टेस्टमा भएको बल टेम्परिङ्गको घटना बाहिर आएपछि यस बारे क्रिकेट अस्ट्रेलियाले अनुसन्धान सुरु गरेको थियो । तीनैजनालाई यसअघि नै अस्ट्रेलियाले दक्षिण अफ्रिका भ्रमणबाट फिर्ता बोलाएको थियो ।

कप्तान स्टीभन स्मिथअस्ट्रेलिया र दक्षिण अफ्रिकाबिचको चौथो टेस्ट क्रिकेट शुक्रबारदेखि सुरु हुँदैछ । बल टेम्परिङ्गको घटना बाहिर आएपछि अस्ट्रेलियका प्रधानमन्त्रीले समेत दुःख व्यक्त गरेका थिए ।

अस्ट्रेलियाका प्रधानमन्त्री म्याल्कम टर्नबुलले दक्षिण अफ्रिकाबाट आएको खबरले आफूहरु निराश रहेको बताएका थिए । उनले भनेका छन्, ‘विश्वास गर्न कठिन छ, कि अस्ट्रेलियाली टिमले यस्तो ग¥यो । हाम्रो क्रिकेट रोड मोडल रहँदै आएको छ र यो भद्र व्यक्तिले खेल्ने खेल हो ।’

२८ वर्षका स्मिथ र २५ वर्षका बेनक्राफ्टले कम्तिमा आउँदो दुई वर्षसम्म कुनै पनि टिमको कप्तानी गर्न नपाउने गरी निलम्बन गरिएको छ । यस्तै ३१ वर्षका वार्नर भने कुनै टिमको कप्तानको रुपमा भविष्यका लागि नहेरिएको क्रिकेट अस्ट्रेलियाले जनाएको छ ।

कप्तान स्टीभन स्मिथबेनक्राफ्टले दक्षिण अफ्रिकासँगको तेस्रो टेस्टको क्रममा बलमा गडबडीका लागि स्याण्डपेपर प्रयोग गरेको पनि पुष्टि गरेको छ । तर गएको शनिबार स्मिथ र बेनक्राफ्टले पत्रकार सम्मेलनमा पहेँलो टेप रहेको भन्दै घटनालाई मोड्ने प्रयास गरेका थिए ।

क्रिकेट अस्ट्रेलियाले यसअघि नै घटनामा प्रशिक्षक डरेन लेहम्यानको संलग्नता नरहेको बताइ सकेको थियो । क्रिकेट अस्ट्रेलियाका प्रमुख जेम्स सदरल्याण्डले तीनै खेलाडी अहिले निराश, हतास र लाजले ग्रस्त रहेको पनि बताएका छन् ।

यो पनि पढ्नुहोस्

अस्ट्रेलियाली क्रिकेट टिमको यस्तो ठूलो गल्ती, कप्तानकै संलग्नतामा बलमा गडबडी

अस्ट्रेलियाली क्रिकेट टिमको यस्तो ठूलो गल्ती, कप्तानकै संलग्नतामा बलमा गडबडी

समस्यामा अस्ट्रेलियाली कप्तान स्मिथ र उपकप्तान वार्नर, आजीवन प्रतिबन्धको सम्भावना

समस्यामा अस्ट्रेलियाली कप्तान स्मिथ र उपकप्तान वार्नर, आजीवन प्रतिबन्धको सम्भावना

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?