बल टेम्परिङ्ग

डेविड वार्नरले रुँदै मागे माफी, भने–सरी

डेविड वार्नरले रुँदै मागे माफी, भने–सरी
+
-

बल टेम्परिङ्ग मामिलामा एक वर्षको प्रतिबन्ध लागेका अस्ट्रेलियाका ब्याट्सम्यान तथा निलम्बनमा परेको उप–कप्तान डेविड वार्नरले रुँदै माफी मागेका छन् ।

उनले अस्ट्रेलिया तथा विश्वभर रहेका क्रिकेट प्रेमीसँग माफी माग्नका लागि पत्रकार सम्मेलन गरेका हुन् । त्यसमा उनले बल टेम्परिङ्ग मामिलाको जिम्मेवारी आफूले लिने उल्लेख गरेका छन् ।

शनिबार भएको पत्रकार सम्मेलनमा भावुक रुपमा प्रस्तुत भएका वार्नरले आँसु थाम्न सकेनन् । उनले घटनामा अरु कोही पनि संलग्न रहे नरहेको बारे सोधिएको प्रश्नको उत्तर दिएननन् ।

क्रिकेट अस्ट्रेलियाले गरेको अनुसन्धानमा वार्नरले ब्याट्सम्यान क्यामरन बेनक्राफ्टलाई बलमा गडबडी कसरी गर्ने भन्ने सिकाएको खुलेको थियो । क्रिकेट अस्ट्रेलियाले स्टीभन स्मिथ र वार्नरमाथि एक वर्षको प्रतिबन्ध लागेको छ । बल टेम्परिङ्ग गरेका क्यामरन बेनक्राफ्टमाथि ९ महिनाको प्रतिबन्ध लागेको छ ।

पत्रकार सम्मेलनअघि श्रीमतीसँग वार्नर । तस्बिर : एपी

दक्षिण अफ्रिकासँगको तेस्रो टेस्टमा भएको बल टेम्परिङ्गको घटना बाहिर आएपछि यस बारे क्रिकेट अस्ट्रेलियाले अनुसन्धान सुरु गरेको थियो । तीनैजनालाई यसअघि नै अस्ट्रेलियाले दक्षिण अफ्रिका भ्रमणबाट फिर्ता बोलाएको थियो ।

२८ वर्षका स्मिथ र २५ वर्षका बेनक्राफ्टले कम्तिमा आउँदो दुई वर्षसम्म कुनै पनि टिमको कप्तानी गर्न नपाउने गरी निलम्बन गरिएको छ ।

बेनक्राफ्टले दक्षिण अफ्रिकासँगको तेस्रो टेस्टको क्रममा बलमा गडबडीका लागि स्याण्डपेपर प्रयोग गरेको पनि पुष्टि गरेको छ । तर गएको शनिबार स्मिथ र बेनक्राफ्टले पत्रकार सम्मेलनमा पहेँलो टेप रहेको भन्दै घटनालाई मोड्ने प्रयास गरेका थिए ।

क्रिकेट अस्ट्रेलियाले यसअघि नै घटनामा प्रशिक्षक डरेन लेहम्यानको संलग्नता नरहेको बताइ सकेको थियो । तर प्रशिक्षक लेहम्यानले चौथो टेस्ट सकिएपछि राजीनामा दिने बताइसकेका छन् ।

वार्नरले के भने ?


उनले बल टेम्परिङ्ग मामिलामा आफ्नो जिम्मेवारी लिँदै यसका लागि लज्जित रहेको बताए । उनले भनेका छन्, ‘यसले मलाई जिन्दगीभर पछुतोको खाडलमा धकेलेको छ । समर्थक, साथी खेलाडीदेखि सबैलाई निराश बनाएको माफी चाहन्छु ।’

उनले आफ्ना सबै समर्थकसँग उनीहरुको विश्वास तोडेकोमा माफी मागेका छन् । तर उनले राष्ट्रिय टिमबाट अब नखेल्ने कुरा भने खारेज गरेका छन् ।

आफू जहिले पनि खेलमा रमाउन चाहने र त्यसमा थप चमक थप्न चाहने व्यक्ति रहेकाले प्रतिबन्ध सकिएपछि फेरि राष्ट्रिय टिममा फर्किनेमा आशावादी रहेको उनले बताए ।

उनले भने, ‘अहिलेको खराब समयबाट निस्किन चाहन्छु, फेरि खेल्न चाहन्छु । हो, पुरानो सम्मान फेरि फिर्ता गर्न लामो समय लाग्ने छ, तर त्यसका लागि प्रयास भने गर्नेछु ।’

तर यसको सम्भावना भने निकै कम रहेको उनले बताए ।

यो पनि पढ्नुहोस्

अस्ट्रेलियाली कप्तान स्मिथ र उपकप्तान वार्नरमाथि १ वर्षको प्रतिबन्ध

अस्ट्रेलियाली कप्तान स्मिथ र उपकप्तान वार्नरमाथि १ वर्षको प्रतिबन्ध

बल टेम्परिङ्ग : प्रतिबन्धमा परेका वार्नरले मागे माफी

बल टेम्परिङ्ग : प्रतिबन्धमा परेका वार्नरले मागे माफी

अस्ट्रेलियाली क्रिकेट टिमको यस्तो ठूलो गल्ती, कप्तानकै संलग्नतामा बलमा गडबडी

अस्ट्रेलियाली क्रिकेट टिमको यस्तो ठूलो गल्ती, कप्तानकै संलग्नतामा बलमा गडबडी

स्मिथले भक्कानिँदै भने, ‘आई एम सरी’

स्मिथले भक्कानिँदै भने, ‘आई एम सरी’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?