अब युएई जान पनि सरकारी अस्पतालबाटै स्वास्थ्य परीक्षण

अब युएई जान पनि सरकारी अस्पतालबाटै स्वास्थ्य परीक्षण
+
-

काठमाडौँ- युएईले नेपालका सरकारी अस्पतालले गरेको स्वास्थ्य जाँचलाई मान्यता दिने भएको छ। आइतबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँग भएको भेटमा युएईका राजदूत सइद हमदाम अल नाक्वीले नेपाल सरकारले अघि सारेको प्रस्ताव सकारात्मक भएको बताएका हुन्। युएईसँग चाँडै श्रम सम्झौता गर्न दुबै पक्षले तयारी अगाडी बढाउने समेत सहमति भएको छ।

नेपाली युवालाई तालिम दिन युएईले सिप विकास तालिम केन्द्र स्थापना गर्न समेत सहयोग गर्ने राजदूत सइदले बताए। नेपालबाट वैदेशिक रोजगारीमा जाने युवाको स्वास्थ्य परीक्षण् सरकारी अस्पतालबाटै गर्ने व्यवस्था मिलाउन श्रम मन्त्रालय र स्वास्थ्य मन्त्रालयले तयारी थालेका छन्। यसका विभिन्न देशसँग कूटनीतिक पहल थालेको र आवश्यक तयारीका लागि दुई मन्त्रालयका अधिकारी रहेको समिति समेत बनाई सकिएको छ।

निजी स्वास्थ्य संस्थाले स्वास्थ्य परीक्षण गर्दा बढी शुल्क लिएको तथा लापरबाही गरेको भन्दै सरकारले सिन्डिकेट तोड्ने तयारी गरेको हो।

हाल युएई जाने युवाको स्वास्थ्य परीक्षण सूचीकृत भएका दुई सय ३५ वटा संस्थाले मात्रै गर्दै आएका छन्। तर मलेसियामा बायोमेट्रिक लागू भएपछि ३९ वटा मात्रै स्वास्थ्य संस्थाले परीक्षण गर्छन्। यस्तै साउदी, ओमन र बहराइन जाने युवाको गाम्का नेपालमा आवद्ध १२ वटा मात्रै स्वास्थ्य संस्थाले स्वास्थ्य परीक्षण गर्न पाउँछन्। अरु देशमा भने सूचीकृत भएका २ सय ३५ संस्थालाई अनुमति छ। यी संस्थाको एकाधिकार तोड्न सरकारले तयारी थालेको हो ।

यो पनि पढ्नुहोस्

विदेश जानेको स्वास्थ्यजाँच अब सरकारी अस्पतालबाट

विदेश जानेको स्वास्थ्यजाँच अब सरकारी अस्पतालबाट

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?