विदेश जाने कामदारले तिर्नुपर्ने शुल्क फेरि तोकिने

विदेश जाने कामदारले तिर्नुपर्ने शुल्क फेरि तोकिने
+
-

काठमाडौँ– सरकारले वैदेशिक रोजगारीमा जाने कामदारले तिर्नुपर्ने सेवा शुल्क फेरि निर्धारण गर्ने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गर्दै सेवा शुल्क निर्धारणका लागि समिति गठन गरेको जानकारी गराएको हो ।

सोमबार बसेको बोर्डको बैठकले सेवा शुल्क निर्धारणका लागि साउदीका लागि पूर्व नेपाली राजदूत उदयराज पाण्डेको संयोजकत्वमा समिति बनाएको छ। समितिले दुई महिना भित्रमा अध्ययन गरेर कुन देश जाँदा कति शुल्क तिर्नु पर्ने भन्ने प्रतिवेदन तयार गर्नेछ। यस्तै यही समितिलाई नयाँ गन्तव्य खोज्ने जिम्वेवारी समेत दिइएको श्रम मन्त्री गोकर्ण बिष्टले बताए।

मन्त्री बिष्टले यसअघि नै निर्णय भएको फ्री भिसा, फ्री टिकटको निर्णय भने कार्यान्वयन गरेरै छाड्ने प्रतिवद्धता जनाएका छन्। उनले भने, ‘अरु देशको शुल्क तोक्न समिति बनाइएको हो, पहिले निर्णय भएको देशमा कार्यान्वयन गरेरै छाड्छु।’ केही दिनभित्रैमा यो निर्णय कार्यान्वयनमा लाग्नेसमेत मन्त्री बिष्टले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?