एक नेपाली युवकको बिचल्ली

४१ हजार रियाल तिर्न नसक्दा साउदीकाे अस्पतालमै थन्किए दलित युवक

४१ हजार रियाल तिर्न नसक्दा साउदीकाे अस्पतालमै थन्किए दलित युवक
+
-

जनकपुरधाम- ‘छोरालाई घर ल्याइदिए भने हामी मागेर पनि गुजारा गर्न सक्छौँ, छोरा अपाङ्ग भए पनि हामी पाल्छौँ, म मेरो छोरालाई घरमा बाँचेको हेर्न चाहन्छु, यहीँ उपचार गराउँछु, मलाई मेरो छोरा फर्काइदिनुस् । छोरा बिना हामी मर्छौँ ।’

जनकपुर उपमहानगरपालिका २० देवपुरा रुपैठाका ७३ वर्षीय जुलमा पासवान साउदीको अस्पतालमा रहेका छोरालाई घर फर्काइदिन सम्बन्धित निकायसँग हार गुहार गरिरहेका छन् । घरको जिम्मेवारी सम्हाल्ने एकमात्र छोरा धर्मनाथ पासवान विदेशको अस्पतालमा अलपत्र परेपछि जुलमा पासवानको परिवारमा विजोग भएको छ ।

२०१४ को अप्रिल महिनामा साउदी पुगेका जुलमा पासवानको छोरा धर्मनाथ विदेश पुगेको २ वर्षपछि सडक दुर्घटनामा परे । दुर्घटनामा परेपछी धर्मनाथलाई साउदी अस्पतालमा भर्ना गरियो र अस्पताल पुगेपछि नेपालमा रहेका परिवारसँग सम्पर्कविच्छेद हुन पुग्यो ।

यता, धर्मनाथ अस्पताल पुगेको खबर परिवारलाई पटक्कै थाहा नरहेको वुवा जुलमा बताउँछन् । धर्मनाथलाई पटकपटक फोन गर्दा सम्पर्क नभएपछि परिवारजनले विदेशमा रहेका आाफन्तसँग सम्पर्क गरे तर धर्मनाथको पत्ता भने लागेन । पछि थाकिसकेका परिवारलाई साउदीमै रहेको एक आफन्तले धर्मनाथ अस्पतालमा भर्ना भएको खबर दिएको आमा सकुन्तादेवी पासवान बताउँछिन् ।

साउदीको अब्दुल्ला सहिद अल घमादी कम्पनीमा लेवरको काममा पारिश्रमिक कम हुँदा धर्मनाथ उक्त कम्पनी छाडेर अर्को कम्पनीमा काम गर्न शुरु गरेको उनको भाइ (काकाको छोरा) साधुशरण पासवान बताउँछन् । धर्मनाथले आफू अर्को कम्पनीमा काम शुरु गरेको जानकारी परिवार तथा आफन्तलाई दिएका थिएनन्।

को हुन् धर्मनाथ पासवान ?

जनकपुर उपमहानगरपालिका २० घर भएका ३५ वर्षीय धर्मनाथ पासवान वैदेशिक रोजगारीको लागी वर्ष २०७१ को वैशाखमा साउदी पुगेका थिए । दुई वृद्ध आमावुवा, श्रीमती र चार जना छोरी र एक छोराका वुवा धर्मनाथ नेपाल हुँदा आइसक्रिम बेचेर परिवार चलाइरहेका थिए । धर्मनाथको ४ छोरी अन्जनी १८, रजनी १६, संजु १४, अंजु २ वर्षकी छिन् भने एक छोरा रवि १२ वर्षका छन् ।

दलित परिवारका धर्मनाथले डमरु बजाउँदै वरफ (आइसक्रिम) बेचेर परिवार चलाउन गाह्रो भएपछि उनी वैदेशिक रोजगारीमा साउदी पुगे । साउदी पुगेर पासवान अब्दुल्ला सहिद अल घमादी कम्पनीमा लेवरको काम गर्न शुरु गरे तर उनले चाहेको काम र तलव पाउन सकेनन् । कम्पनीमा काम गर्दा धर्मनाथलाई आफुलाई खान, कोठाको भाडा तिर्न पनि गाह्रो भयो । धर्मनाथ उक्त कम्पनीबाट भागेर अर्को कम्पनीमा काम गर्न थाले ।

तर, अर्को कम्पनीमा काम गर्न शुरु गरेको एक सात नवित्दै उनी दुर्घटनामा परे । दुर्घटनापछि १२ दिनसम्म कोमामै रहे र पछि होस आउँदा पनि एक भाग नचल्ने रोगले च्याप्यो धर्मनाथलाई । यसै क्रममा पासवानको श्रमअवधी समेत नाघ्यो । अहिले डेढ वर्ष देखि उनी साउदी अस्पतालमै समय बिताइरहेका छन्।

गाडीको ठक्करले घाईते धर्मनाथ १२ दिनसम्म कोमामा

धर्मनाथका भाइ साधुशरण पासवान भन्छन्, ‘दाजुलाई काम गर्न कम्पनी जान लागेको बेला गाडीले ठक्कर दिँदा घाइते भए र १२ दिनसम्म कोमामै रहे।’ गाडीको ठक्करले घाइते भएका धर्मनाथ कोमाबाट बाहिरिए तर उनको शरीरको एक भाग काम नलाग्ने भएको छ । पाँच जना छोराछोरीका वुवा रहेका धर्मनाथ डेढ वर्षदेखि साउदी अस्पतालको शैय्यामै छन्।

साउदीबाट धर्मनाथलाई घर फर्काउन अस्पतालाई ४१ हजार रियाल तिर्नु पर्ने छ, जुन दिनप्रतिदिन बढ्दै गइरहेको छ । ९ जनाको परिवारको एक मात्र सहारा रहेको धर्मनाथको परिवारलाई एक छाक टार्न समेत धौ धौ पर्छ भने यति ठु्लू रकम कहाँ बाट तिर्ने चिन्ताले समेत उनका परिवार पिरोलिएका छन् । चुरा बेचेर परिवार चलाई रहेकी पीडितकी श्रीमती ललिता पासवान पनि विरामी हुँदा छोराछोरी र वृद्ध आमावुवाको विजोग भएको छ ।

पीडित परिवारले वैदेशिक रोजगारसँग सम्बन्धित निकायहरुमा समेत गुहारेका छन् तर निकायबाट आश्वासन भेटेपनि अस्पतालमा रहेको छोरालाई कसैले ल्याउन नसकेको उनीहरुको गुनासो छ।

यता, अर्को कम्पनीमा काम गर्नु गैर कानुनी भएपछि कम्पनी तथा वैदेशिक रोजगार सम्बन्धित निकायले खासै चासो पनि देखाएको छैन भने परिवारले मगाउन चाहँदा ४१ हजार रियाल तिरेर मगाउनुपर्छ।

के भन्छन् सरोकारवाला निकाय ?

धनुषामा वैदेशिक रोजगारसँग सम्बन्धित काम गर्दै आइरहेको सुरक्षित आप्रवासन परियोजनाले धर्मनाथलाई झिकाउन प्रयासरत रहेको बताउँछ। तर, धर्मनाथ गैरकानुनी रुपमा कम्पनी छोडेर भागेको र श्रम अवधि नाघेकोले अपठ्यारो भएको परियोजनाको भनाइ छ ।

वैदेशिक रोजगारमा गएको कामदारको श्रमअवधि नाघेको तथा कामदारले गैरकानुनी क्रियाकलाप गर्दा अपठ्यारोमा परेपछि सम्बन्धित निकायलाई समेत सहयोग गर्न गाह्रो हुने गरेको परियोजना संयोजक रामकुमार कर्ण बताउँछन् ।

उनले जुलमा (पीडितका वुवा)लाई काठमाण्डुसमेत पठाएको बताए। यस्तै, धर्मनाथका भाइ साधुशरणले परराष्ट्र मन्त्रालय, श्रम विभाग, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा गएको तर केही सुनवाइ हुन नसकेको बताए।

तत्कालीन श्रममन्त्री फरमुल्लाह मंसुरलाई समेत धर्मनाथको अवस्थाबारे पीडित परिवारले पत्र बुझाएको सुरक्षित आप्रवासन परियोजना सूचना तथा परामर्श केन्द्रले बताएको छ । जिल्ला प्रशासन धनुषाभित्र रहेको सूचना केन्द्रको एक कार्यक्रममा श्रममन्त्री मन्सुर आउँदा धर्मनाथको उद्दार गर्न पीडित परिवारले पत्र बुझाएको थियो । तर, उक्त पत्र बुझाएको महिनौँ बितिसक्दा पनि कुनैे प्रक्रिया अगाडि बढेको छैन।

धर्मनाथलाई झिकाउन ४१ हजार रियाल लगभग १२ लाख नेपाली रुपैया मात्र अस्पताललाई तिर्नु पर्छ भने उनको लागी छुट्टै प्लेन सिटको व्यवस्था गर्नु पर्ने छ जसको लागि ठूलै रकम खर्च हुने अनुमान छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?