जानकी नवमी भव्यताका साथ मनाईंदै

जानकी नवमी भव्यताका साथ मनाईंदै
+
-

जनकपुर – जनकपुरमा मंगलबार जानकी नवमी एवम् जानकी जन्मोत्सव भव्यताका साथ मनाईंदैछ ।

प्राचीन मिथिलाका राजा जनककी छोरी आदर्श नारी सीताको जन्म वैशाखको शुक्ल पक्ष नवमीका दिन भएको धार्मिक मान्यता अनुसार आजका दिन प्रत्येक वर्ष जानकी नवमी मनाउँने गरिन्छ ।

जानकी नवमीको अवसरमा बिहानैदेखि जनकपुरको जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर, लक्ष्मण मन्दिर लगायतमा पूजा गर्ने श्रद्धालुहरुको भीड लागेको छ ।

अल्लिअघिसम्म औपचारिकतामा मात्र सीमित हुने जानकी नवमी केही वर्ष यता विभिन्न कार्यक्रम गरी धुमधामसँग मनाउने गरिएको छ भने यस वर्ष विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

सीताको जन्मोत्सव मनाउन नवदुल्ही झै सिंगारिएको जानकी मन्दिरमा यस वर्ष वैशाख ३ गतेदेखि १६ गतेसम्म १४ दिन जानकी महोत्सवको आयोजना गरिएको छ ।

जानकी महोत्सवको अवसरमा रामायण मेला, राम कथा, नवाह परायण पाठ र बधाई मंगल गान चलिरहेको छ । मन्दिरको बाहिरी र भित्री परिसरमा टेन्ट पण्डाल निर्माण गरेर धार्मिक प्रवचन र पूजापाठको काम भइरहेको छ ।

सीताको जन्मोत्सवमा सहभागी हुन एवम् पूजापाठ गर्न नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन तथा पर्यटक जनकपुर आएका छन् ।

यस्तै, जानकी मन्दिरको मुख्य कार्यक्रम जानकी नवमी रहेकाले भव्यता पूर्वक मनाउन लागिएको जानकी मन्दिरका सह–महन्थ रामरोशन दास वैष्णवले बताए ।

जानकी नवमीको अवसरमा मंगलबार दूधमती नदीमा सामूहिक स्नान समेत गरिएको छ । जानकी नवमीको दिन जनकपुरको दूधमति नदीमा स्नान गर्ने विशेष परम्परा छ, भने जानकी नवमीको अवसर पारेर दूधमति नदीमा विगत विशेष आरती गर्न पनि सुरु गरिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?