९,००० नेपालीलाई फिर्ता पठाउँदै अमेरिका

९,००० नेपालीलाई फिर्ता पठाउँदै अमेरिका
+
-

काठमाडौं – अमेरिकाको होमल्याण्ड सेक्युरिटी विभागले झण्डै ९ हजार नेपाली आप्रवासीको अस्थायी आवास अनुमति रद्द गर्ने तयारी गरेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको अवैध रुपमा बस्दै आएका वा अस्थायी बसोबासको स्वीकृति पाएका आप्रवासीलाई घर फर्काउने अभियान अन्तर्गत अस्थायी आवास स्वीकृति (जसलाई टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपिएस) भनिन्छ) पाएका ९ हजार नेपाली आप्रवासीलाई आउँदो वर्षको जुनदेखि घर फर्काउने तयारी गरेको हो ।

तीन वर्षअघि गएको गोरखा भूकम्पपछि अमेरिकामा रहेका झण्डै १५ हजार आप्रवासी, जो त्यो बेला अवैध भएका थिए वा आवास स्वीकृति सकिन लागेको थियो, उनीहरुले टिपिएस अन्तर्गत अस्थायी आवासका लागि स्वीकृति पाएका थिए ।

होमल्याण्ड सेक्युरिटी विभागले नेपाली आप्रवासीलाई घर फर्किने तयारीका लागि एक वर्षको समय दिने तयारी गरेको र सन् २०१९ को जुन २४ पछि भने विभाग आफैले घर फिर्ताको प्रक्रिया सुरु गर्ने जनाएको द वासिङ्गटन पोस्टले उल्लेख गरेको छ ।

अमेरिकाको कांग्रेसले सन् १९९० मा आप्रवासीका लागि टिपिएसको व्यवस्था गरेको थियो । प्राकृतिक विपत्ति, गृह युद्ध वा अरु विपदको अवस्थाका कारण अस्थिर रहेको देशका आप्रवासीलाई अमेरिकामा कानूनीमा रुपमा रहन पाउने बनाउनका लागि टिपिएसको व्यवस्था गरिएको थियो ।

तर आप्रवासीको मुद्दामा कठोर राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्भव भएसम्म चाँडो टिपिएस व्यवस्था अन्त्य गर्ने बताएका छन् । यो व्यवस्था अन्तर्गत हाइटी, साल्भाडोरसहितका देशका नागरिक अमेरिकामा छन् ।

पछिल्ला केही महिनामा होमल्याण्ड सेक्युरिटी विभागले साल्भाडोरका दुई लाख तथा हाइटीका ५० हजार आप्रवासीको आवास अनुमति रद्द गरेको छ । यस्तै टिपिएस अन्तर्गत अमेरिकामा रहेका निकारागुवा तथा सुडानका केही आप्रवासीको आवास अनुमति पनि रद्द भएको छ ।

ट्रम्पले गैरकानुनी रुपमा आफ्नो देश छिरेका विदेशीका लागि लामो समयसम्म बस्न पाउने बनाउनका लागि टिपिएसको व्यवस्था नगरिएको बताउने गरेका छन् ।

तीन वर्षअघिको भूकम्पपछि झण्डै १५ हजार नेपाली आप्रवासीले टिपिएस स्टाटस पाएका थिए । त्यसमध्ये अहिले ९ हजार नेपाली आप्रवासी अमेरिकामा छन् ।

टिपिएस स्टाटस पाएका नेपाली आप्रवासीलाई घर फिर्ता गर्ने सम्बन्धी कागजातमा अहिलेसम्म हस्ताक्षर भने नभएको तर चाँडै नै हुने तयारीमा रहेको एक अधिकारीलाई उद्धृत गर्दै वासिङ्गटन पोस्टले उल्लेख गरेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?