जनसम्पर्क समिति दक्षिण कोरीयाको अधिवेशन वैशाख २३ मा, गगन थापाले उद्घाटन गर्ने

जनसम्पर्क समिति दक्षिण कोरीयाको अधिवेशन वैशाख २३ मा, गगन थापाले उद्घाटन गर्ने
+
-

दक्षिण कोरिया – नेपाली कांग्रेसको प्रवास विभाग जनसम्पर्क समिति दक्षिण कोरीयाको पाँचौँ अधिवेशन  वैशाख २३ अर्थात मे ६ तारिखमा हुने भएको छ ।

अधिवेशनको तयारीका लागि गएको अप्रिल २२ मा दक्षिण कोरीयाका ८ क्षेत्रको एकै दिन क्षेत्रीय अधिवेशन सम्पन्न भै केन्द्रीय प्रतिनिधिहरु समेत छनौट भइसकेका छन् ।

अहिले अधिवेशनको तयारीलाई तीव्रता दिएको जनसम्पर्क समिति दक्षिण कोरीयाका सभापति गिरीराज कुँवरले जानकारी दिए । अधिवेशनको तयारीका लागि अन्य प्राविधिक तयारीहरुलाई पनि ब्यापक बनाइएको सभापति कुँवरले बताए ।

“सहमति र सहकार्य राष्ट्रियता एकता आजको आवश्यकता,संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयनमा जनसम्पर्क समिति कोरीयाको प्रतिबद्धता” भन्ने नारासहित सम्पन्न हुने अधिवेशन कार्यक्रमका प्रमुख अतिथि पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले उद्घाटन गर्नु हुनेछ ।

कार्यक्रम राजधानी सौलस्थित जुङ्गु कुमिन ह्वेग्वान दोङ्देमुनमा हुने अधिवेशन प्रचार प्रसार प्रमुख तथा जनसम्पर्क समिति दक्षिण कोरीयाका महामन्त्री जीतेन्द्रसिह महताले जानकारी दिए । महामन्त्री महताका अनुसार अधिवेशनमा प्रमुख अतिथि गगन थापासँगै नेपाली कांग्रेसका केन्द्रीय सदस्य, नेपाल तरुण दलका पूर्व अध्यक्ष महेन्द्र यादव , नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व नेविसंघ अध्यक्ष गोविन्द भट्टराई, कांग्रेस नेतृ तथा महासमिति सदस्य पेमा सिद्धी लामा , प्रोफेसर खगेन्द्र अधिकारी लगायतका नेताहरु सहभागी हुने छन् ।

सम्पूर्ण नेपाली कांग्रेसका शुभचिन्तक तथा अन्य शुभचिन्तक सबैलाई उत्साहपूर्ण सहभागीताको लागी आयोजकले आह्वान समेत गरेको छ । अधिवेशनले आगामी २ वर्षको लागि नयाँ नेतृत्व समेत चयन गर्ने छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?