वैदेशिक रोजगार

श्रममन्त्रीको अटेरीपछि विदेशमै म्यानपावर व्यवसायीको ‘लविङ’

श्रममन्त्रीको अटेरीपछि विदेशमै म्यानपावर व्यवसायीको ‘लविङ’
+
-

काठमाडौँ– वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका समस्या सुल्झाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बनाएको योजना संसदमा लैजाने तयारी भएपछि म्यानपावर व्यवसायीले लविङ थालेका छन् । अहिले नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारीले विभिन्न देशमा पुगेर कुटनीतिक निकायमा लविङ गरिरहेका छन् ।

संघका अध्यक्ष रोहन गुरुङले कतार, बहराइन र कुवेतमा पुगेर दूतावासका कर्मचारीसँग छलफल गरेका छन् । उनले कुटनीतिक नियोगका कर्मचारीसँग वैदेशिक रोजगारीको विषयमा छलफल गरेको बताएका छन् । व्यावसायीकै अर्को ५० जनाको टोली आउँदो २७ गते युएई जाने तयारीमा छ ।

श्रम मन्त्रालयले अब कामदारको माग पत्र दूतावासबाट अनिवार्य स्वीकृत गराउनु पर्ने नियम लाउन लागेको छ । अब बस्ने संसदमा श्रम मन्त्री गोकर्ण विष्टले यो प्रश्ताव लैजाने तयारी गरेका छन् ।

जथाभावि माग पत्र ल्याउने र पछि कामदार समस्यामा पर्दा जवाफदेहि नबनेपछि मन्त्रालयले नयाँ उपाय लगाएको हो । सम्बन्धित देशका दूतावासबाट मात्रै माग पत्र स्वीकृत हुने भएपछि म्यानपावर व्यवसायीसँगै सम्बन्धित देशका कूटनीतिक नियोग पनि जवाफदेहि बन्ने छन् ।

श्रममन्त्रीले भित्रभित्रै तयारी गरेका थाहा पाएपछि मन्त्रीलाई भेट्न पुगेका व्यवसायीलाई समय नदिएपछि कुटनीतिक नियोगसँग मिलेमतो गर्न व्यवसायीले ‘लभिङ’ थालेका हुन् । व्यवासायीलाई कुनै विषय भए संस्थागत रुपमा लिएर आउन तर पटक पटक व्यक्तिगत रुपमा नआउन श्रममन्त्री सुरुमै भनेका थिए ।

‘त्यसपछि उनले व्यक्तिगत रुपमा आएका व्यवसायीलाई समय दिएनन्,’ मन्त्रालयका एक अधिकारीले भने, ‘अहिले विदेशतिर गएका छन्, हामी नियालिरहेका छौं ।’ श्रोतका अनुसार श्रममन्त्रीले विदेशस्थित कुटनीतिक नियोगलाई समेत जथाभावि नभेट्न भनेको र कुटनीतिक नियोगका कर्मचारीलाई समेत मन्त्रालयले निगरानी बढाएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट मन्त्रालय मातहतका कर्मचारीसँग छलफल गर्दै ।

श्रोतले भन्यो, ‘कुन देशमा गएर ककसले के कुरा गरिरहेका छन् हामीसँग रेकर्ड छ । पहिले आफ्नो तयारी सक्छौं, अनि एक्सनमा जाने हो ।’ मन्त्रालयले ऐन शंसोधन पारित गरेपछि एक्सनमा जान गृह, परराष्ट्र र स्वास्थ्य मन्त्रालयसँग निर्णय गरिसकेको छ ।

गृहले तत्काल प्रहरीलाई अधिकार नभएको र आफूले काम गर्न ऐन संशोधनमा समेट्नु पर्ने सुझाब दिएपछि ऐन संशोधन लगतै एक्सनमा जाने तयारी गरेको हो । अब बस्ने संसदमा संशोधित वैदेशिक रोजगार ऐन पारितका लागि प्रश्ताव लगिंने मन्त्रालय श्रोतले जनायो ।

विदेशस्थित दूतावासबाट माग पत्र स्वीकृत गराउँदा कामदारलाई अप्ठेरो परेमा दूतावासका कर्मचारी समेत जवाफदेहि हुनेछन् । दूतावासको समेत मिलेमतोमा वैदेशिक रोजगारीमा वेथिति बढेको मन्त्रालयको ठहर छ । यसलाई रोक्न श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालयले योजना तयार गरेका छन् ।

श्रम मन्त्री गोकर्ण विष्टले विभिन्न मन्त्रालय, गन्तव्य देशका कुटनीतिक नियोगसँग छलफल गरिरहेका छन् । दैनिकजसो मातहतका कर्मचारीलाई बोलाएर छलफलमै व्यस्त छन् । ‘अब छलफल सकियो संसद बैठक पर्खिरहेका छौं,’ मन्त्रालय श्रोतले भन्यो, ‘मन्त्रीज्युले केहिदिन अघि एउटा कार्यक्रममा भनेको आँधी अब आउँदैछ ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?