पोर्चुगलको सडकमा बुद्धको शान्ति सन्देश

पोर्चुगलको सडकमा बुद्धको शान्ति सन्देश
+
-

लिस्बन- युरोपेली मुलुक पोर्चुगलमा गौतम बुद्धको शान्ति सन्देश प्रतिध्वनित गरिएको छ। २५६२ औं बुद्ध जयन्तीको अवसर पारेर राजधानी लिस्वनमा शान्ति शोभायात्रा निकाली नेपाली समुदायले गौतम बुद्धको शान्ति सन्देश प्रवाह गरेका हुन्।

सोमबार यहाँ आयोजना गरिएको बृहत् शोभायात्राले राजधानी लिस्बनका मुख्य सडक नेपालमय नै बनेको थियो। बुद्धका तस्वीर, प्लेकार्ड, बुद्ध वाणी र नेपालको राष्ट्रिय झण्डा सहित नेपाली वेशाभूषामा सजिएका नेपालीहरुले यहाँको मुख्य पर्यटकीय सडकलाई नेपालमय बनाएका हुन्।

र्‍यालीमार्फत बुद्ध नेपालमा जन्मेका हुन्, बुद्ध शान्तिका प्रतीक हुन्, बुद्ध एशियाका ज्योति हुन्, नेपाल भ्रमण गरौं जस्ता बुद्धभूमि नेपालको प्रचारमूलक सन्देश प्रवाह गरिएको थियो।

पोर्चुगिज बौद्ध धर्म गुरु, लामा, बौद्ध अनुयायीलगायतका नेपालीहरुको उल्लेख्य सहभागिता रहेको उक्त र्‍यालीले यहाँको मुख्य पर्यटकीय सडकहरुको परिक्रमा गरेको थियो।

र्‍यालीमा बुद्ध वचनका साथै बुद्धं शरणम् गच्छामि, धम्मं शरणम् गच्छामि, संघं शरणम् गच्छामिलगायत सन्देशहरु वाचनसमेत गरिएको थियो।रोसियोस्थित समुन्द्र किनारबाट शुरु भएको र्‍याली मार्तिम मोनिज पार्कमा आएर समापन भएको थियो।

र्‍यालीपछि मार्तिम मुनिज पार्कमा पोर्चुगिज बौद्ध धर्मगुरु लामा गिर्मेद्वारा भगवान् गौतम बुद्धका ज्ञान, दर्शन र उपदेशका विषयमा प्रवचन समेत दिइएको थियो।कार्यक्रममा यहाँका केही नेपाली संघसंस्थाले पानी, फलफूल तथा जुस वितरण गरेका थिए।

यसअघि रोसियोस्थित सिन्डिकेट हलमा धर्मगुरुद्वारा बुद्ध पूजा गरिएको थियो। र्‍यालीमार्फत विदेशीहरुलाई बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिइएको र बुद्धभूमि नेपालको भ्रमण गर्न आह्वान गरिएको बुद्ध जयन्ती मूल समारोह समितिका संयोजक एवं पर्यटन दूत रमेशकुमार गुरुङले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?