वैदेशिक रोजगारका दलाललाई अब जिल्लामै कारबाही हुने

+
-

काठमाडौँ – वैदेशिक रोजगारीका नाममा अवैध रुपमा ठगिरहेका दलाललाई अब जिल्लामै कारबाही गरिने भएको छ । वैदेशिक रोजगार विभागमा दर्ता भएका एजेन्टको विवरण सहित कारबाही गर्न गृह मन्त्रालयले निर्देशन दिने भएको हो ।

यी बाहेकका दलालले वैदेशिक रोजगारीको नाममा ठगी गरे जिल्लामै कारबाही हुनेछ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले गृहमन्त्री रामबहादुर थापालाई भेटेर यसका लागि समन्वय गर्न आग्रह गरेका थिए ।

यसअघि प्रहरी र प्रशासनले आफ्नो क्षेत्रभित्र नपर्ने भन्दै वैदेशिक रोजगारीका नाममा ठग्ने दलाललाई कुनै कारबाही गर्दैनथ्यो ।

यसका लागि वैदेशिक रोजगार विभागले एजेन्टको अध्यावधिक गर्न थालेको छ । म्यानपावर कम्पनीसँग आफ्ना एजेन्टको विवरण पठाउन भनेको छ ।

म्यानपावर कम्पनीले विवरण बुझाइसकेको र अहिले ती विवरणको छानविन गरिरहेको विभागका महानिर्देशक भुवनप्रसाद आचार्यले बताए ।

विभागले म्यानपावर कम्पनीबाट आएका विवरण छानविन गरेर श्रम तथा रोजगार मन्त्रालयमा पठाउने र श्रमले गृह मन्त्रालयमा पठाएपछि गृहले कारबाही अगाडि बढाउन प्रशासनलाई निर्देशन दिने भएको हो ।

पछिल्लो समय वैधानिक रुपमा दर्ता भएका कति एजेन्ट छन् भनेर छानविन भैरहेको विभागले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?