साउदीमा जेल परेका राईलाई ३० लाख सहयोग

+
-

काठमाडौँ-साउदीमा यातायात दुर्घटनामा परी जेल परेका प्रेमबहादुर राईको रिहाइको सहयोगार्थ उठेको रकम परिवारलाई हस्तान्तरण गरिएको छ।

दुई वर्षदेखि साउदी जेलमा बन्दी जीवन बिताइरहेका प्रेमबहादुर राईको रिहाइको सहयोगार्थ उठेको रु ३० लाख नौ हजार ४७ प्रधानमन्त्री केपी शर्मा ओलीले आज परिवारका सदस्यलाई हस्तान्तरण गए।

यातायात दुर्घटनामा जेल परेका राईलाई साउदी अदालतले तोकेको जरिवाना तिर्न नसक्दा उनले दुई वर्षदेखि बन्दी जीवन बिताइरहेका छन्। एबिसी टेलिभिजनबाट सञ्चालित हुँदै आएको इन्द्रेणी कार्यक्रमले संकलन गरेको सो रकम प्रधानमन्त्री ओलीले राईकी धर्मपत्नी सरिता राईलाई प्रदान गरे।

सो अवसरमा प्रधानमन्त्री ओलीले विदेशिएका नेपालीलाई स्वदेशमै रोजगारी दिलाउन र गरीबी हटाउन आफ्नो नेतृत्वको सरकार कटिबद्ध रहेको बताए। देशकै स्रोत साधन प्रयोग गरेर उद्योग स्थापना गर्दै रोजगारी सिर्जना गर्दै देशको ढुकुटी बढाउने प्रधानमन्त्री ओलीको भनाइ छ।

कार्यक्रममा इन्द्रेणी सांगीतिक समूहका कृष्ण कँडेलले प्रेमबहादुर राईको रिहाइका लागि ९५ लाख नेपाली चाहिने र अहिलेसम्म रु ७१ लाख संकलन भइसकेको जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?