काठमाडौं–भातीय पधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरिरहेका छन् । मोदीले वासुकीनाथको दर्शन गरेपछि पशुपतिनाथ मन्दिरमा विशेष पूरा गरिरहेका छन् ।
करिब एक घण्टा पशुपतिमा बिताउने मोदीले वासुकीनाथ मन्दिरमा ११ सय रुपैयाँको विशेष पूजा गरेका छन् ।
त्यस्तै मोदीले पशुपतिनाथ मन्दिरमा ५१ सय रुपैयाँको विशेष पूजा गरिरहेका छन् । प्रधानमन्त्री मोदीले आजै मुक्तिनाथ मन्दिरको दर्शन गरेर फर्किएका छन् । उनी मुक्तिनाथबाट सिधै पशुपति पुगेका हुन् ।