आजको मौसम : कता खुल्छ, कुन क्षेत्रमा बदली र वर्षा ?

आजको मौसम : कता खुल्छ, कुन क्षेत्रमा बदली र वर्षा ?
+
-

काठमाडौँ – मध्य तथा पश्चिमी क्षेत्रमा मंगलबार मौसम खुल्दै गएको तर पूर्वी क्षेत्रमा भने सामान्यतया बदली भइ पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वायुमण्डलको माथिल्लो सतहमा पश्चिमी वायुको प्रभाव तथा तल्लो सतहमा भारतको बिहारमा बनेको न्यून चापीय रेखाका मध्यबाट पूर्व लागेकाले पूर्वी क्षेत्रको मौसम बदली भइ पानी पर्ने सम्भावना रहेको मौसमविद सुवास रिमालले बताए ।

अहिले पश्चिम र मध्य क्षेत्रमा मौसम खुल्ने क्रम छ । विशेष गरी पूर्वी क्षेत्रमा बढी बदली रहेको मौसमविदको भनाई छ । पूर्वमा मंगलबार दिनभर नै मौसम बदली हुनेछ ।

यस्तै पूर्व तराई तथा पहाडका केही क्षेत्रमा मेघगर्जनसहित हुरीबतास चल्ने सम्भावना पनि रहेको छ । पूर्वका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना रहेको छ । यसले गर्दा सगरमाथा आरोहणका लागि गएकालाई केही असजिलो हुन सक्छ ।

काठमाडौं उपत्यकामा भने बिहानैदेखि घाम लागेजस्तो देखिए पनि बदली हुने र खुल्ने क्रम दिनभर जारी रहने मौसमविद रिमालले बताए । दिउँसोतिर वा बेलुकातिर फाट्फुट् पानी पर्ने सम्भावना पनि छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?