आजको मौसम : कता पानी पर्छ, कताको मौसाम खुल्छ ?

आजको मौसम : कता पानी पर्छ, कताको मौसाम खुल्छ ?
+
-

काठमाडौँ – मध्य तथा पूर्वी क्षेत्रको मौसम बिहीबार सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पोखरा आसपासमा बनेको स्थानीय प्रणाली पश्चिमी वायुको प्रभावका कारण पूर्वतिर सर्दै गएकाले मध्य तथा पूर्वी क्षेत्रको मौसम बदली भएको मौसमविद राजु प्रधानाङ्गले बताए ।

त्यहि प्रणालीको प्रभावका कारण मध्य क्षेत्रमा बिहीबार बिहानै पानी परेको उनले बताएका छन् ।

अहिले बदली हुने स्थानीय प्रणाली पश्चिमी वायुको प्रभावका कारण पूर्वतिर लागेको छ । यसले गर्दा बिहीबार दिनभर मध्य तथा पूर्वको मौसम बदली भइ पानी पर्ने सम्भावना रहेको मौसमविद प्रधानाङ्गले बताए ।

काठमाडौं उपत्यकामा अहिले लागेको बादल बिहान अबेर वा दिउँसो तिर केही खुले पनि बेलुकापख फेरि बदली भइ पानी पर्ने सम्भावना रहेको उनले बताए ।

मध्यपश्चिम तथा सुदूरपश्चिमका क्षेत्रमा भने मौसम सामान्यतया सफा रहेको र त्यताको पहाडी क्षेत्रमा भने आंशिक बदलीको अवस्था रहेको उनले जानकारी दिएका छन् ।

प्रि–मनसुनको समय रहेकाले स्थानीय प्रणाली बन्ने क्रम चलिरहने भएकाले मौसम खुल्ने र बदली हुने प्रक्रिया भइरहेने मौसमविदले बताएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?