
काठमाडौँ – श्रम रोजगार तथा सामाजाकि सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगार स्वास्थ्य परीक्षणमा महत्वपूर्ण निर्णय गरेका छन् ।
बुधबार राति मन्त्रीस्तरीय निर्णयबाट वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न एकलौटी लाधिएको नियम तोड्ने निर्णय गरेका हुन् ।
मलेसिया र खाडिका देशमा लाधिएको भिएलएन, माइग्राम्स जस्ता संस्था खारेज गर्ने निर्णय भएको श्रोतले जनाएको छ । श्रोतका अनुसार गृह र परराष्ट्र मन्त्रालयसँग छलफल गरेपछि मन्त्री विष्टले एकतर्फि लाधिएको स्वास्थ्य संस्थाको सिन्डिकेट खारेज गरेका हुन् ।
सिन्डिकेट तोड्न सम्बन्धित देशसँग परराष्ट्रले कूटनीतिक पहल गर्ने र देशमा गृह मन्त्रालयले कारबाही गर्ने बचन दिएपछि मन्त्री विष्टले निर्णय गरेको श्रोतले बताए । सम्बन्धित देशका दूतावासले समेत मन्त्रीलाई अघि बढ्न हौसला दिएका थिए ।
गन्तव्य देशका दूतावासले समेत त्यस्तो निर्णय अनिवार्य नरहेको बताएपनि नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्न विभिन्न देशमा सिन्डिकेट खडा भएको थियो ।
ती देश जाने कामदारको स्वास्थ्य परीक्षण निश्चित संस्थाले मात्रै गर्न पाउँथे । श्रातले भन्यो, ‘उनीहरुले एकतर्फि लाधेका हुन्, हामीले पनि एकतर्फि रुपमै खारेज गर्ने निर्णय गरका छौं ।’
मलेसियामा बायोमेट्रिक लागू भएपछि ३९ वटा मात्रै स्वास्थ्य संस्थाले परीक्षण गर्दै आएका छन् । यस्तै साउदी, ओमन र बहराइन जाने युवाको गाम्का नेपालमा आवद्ध १२ वटा मात्रै स्वास्थ्य संस्थाले स्वास्थ्य परीक्षण गर्नेगरि सिन्डिकेट खडा गरेका थिए ।
गन्तव्य देश र नेपालका दलालको मिलेमतोमा यस्ता निर्णय भएको भन्दै खारेज गर्ने निर्णय गरेका छन् । अरु देशमा सूचीकृत भएका २ सय ३५ संस्थालाई अनुमति छ ।
यी संस्थाको एकाधिकार तोड्न सरकारले सरकारी अस्पतालबाटै स्वास्थ्य परीक्षण गराउन समेत तयारी गरिरहेको छ । आफूले गरेका निर्णयबारे बिहिबार पत्रकार सम्मेलन गरेर मन्त्रीले जानकारी गराउने तयारी गरेका छन्