
काठमाडौँ–विश्व सम्पदामा सूचीमा सूचिकृत बौद्ध महाचैत्य स्तूपा पर्यटकीय स्थल हो । यहाँ नेपाली देखि विदेशीहरुको अवलोकनको लागि आएका हुन्छन् । सन् २०७२ सालमा गएको भूकम्पले बौद्ध महाचैत्यमा क्षति पुगेको थियो । पुनर्निर्माणको क्रममा अहिले बौद्ध स्तुपा बनिसकेको छ ।
भूकम्पले क्षति पुर्याएको सम्पदा मध्ये सबैभन्दा चाँडै निर्माण भएको बौद्धनाथ स्तूपा हो । बौद्धमार्गीहरुको आस्थाको केन्द्र स्तूपा विश्व सम्पदा सूचीमा सूचिकृत सम्पदा हो ।
सम्पदा पुनर्निर्माणको लागि व्यक्ति र संस्थाबाट २० करोड ९० लाख रुपैयाँ संकलन भएको प्राप्त भए पनि झण्डै २३ करोड लगानी लागेको बौद्धनाथ क्षेत्र विकास समितिले जनाएको छ। पाँचौं शताब्दीमा निर्माण भएको चैत्य अहिले विश्व सम्पदा सूचिमा सूचिकृत छ ।