धनगढी- कैलालीका तीन जना युवाले धनगढीदेखि खप्तडसम्म पहिलोपटक साइकल यात्रा सुरु गरेका छन्।
धनगढी उपमहानगरपालिका २ का विवेक शर्मा र खगेन्द्रसिंह धामी तथा गोदावरी नगरपालिका ८ मजगाउँका भरतविक्रम शाहीले शनिबारदेखि साइकलयात्रा सुरु गरेका हुन्।
धर्तीको स्वर्ग भनिने खप्तडसम्म धनगढीदेखि साइकल यात्रा सुरु गरेका उनीहरुलाई धनगढीमा विदाइ गरिएको थियो।
धनगढीको ट्राफिक चौराहाबाट सुरु भएको यात्रा शनिवार रात्रि बुडरमा बास बस्नेछ। टोली आइतबार स्याउले, सिलगढी हुँदै ९ गते खप्तड पुग्ने छ।
नेपालको स्वर्ग भनेर चिनिले खप्तडको प्रचारप्रसारका लागि साइकल यात्रा गर्न लागेको साइकल यात्रीहरुले बताएका छन्।
लायन्स क्लब अफ कैलाली फारवेस्टको सहकार्यमा हुन गइरहेको धनगढी–खप्तड साइकल यात्रीहरुलाई धनगढी जेसिज, एडभेन्चर वेस्ट होलिडेज, कैलाली जिल्ला खेलकुद विकास समिति लगायतले सहयोग गरेका छन्।

भर्खरै
लोकप्रिय






































































































































































































