काठमाडौँ – विशेष गरी पहाडी क्षेत्रका अधिकांश ठाउको मौसम सामान्यतया बदली हुने र मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्व, मध्य तथा पश्चिममा पोखरा आसपासको क्षेत्रसहितका ठाउँमा बिहीबार दिनभर नै मौसम सामान्यता बदलीको अवस्थामा रहने र पानी पर्ने सम्भावना पनि रहेको मौसमविद गंगा नगरकोटीले बताएकी छन् ।
सुदूर पश्चिमका क्षेत्रमा भने मौसम सामान्यतया सफा हुने देखिएको छ । तर त्यस क्षेत्रको पहाडी इलाकामा पनि आंशिक बदली भने हुन सक्ने देखिएको छ ।
बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र पश्चिमी वायुले ल्याएको जलवाष्पयुक्त हावाका कारण मध्य तथा पूर्वी क्षेत्रमा बाक्लो बादल लागेको छ । यसले गर्दा दिनभरिकै मौसम बदलीको अवस्था रहने वा केहीबेर खुलेपनि फेरि बदली हुने देखिएको मौसमविद नगरकोटीको भनाई छ ।
विशेष गरी दिउँसो पछि वा बेलुकातिर मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































