रोजगारीका लागि मलेसिया जाने प्रक्रिया रोकियो

रोजगारीका लागि मलेसिया जाने प्रक्रिया रोकियो
+
-

काठमाडौँ – वैदेशिक रोजगारीका लागि मलेसिया जाने प्रक्रिया रोकिएको छ । सरकारले स्वास्थ्य परीक्षण, भिसा लगायत विभिन्न बहानामा मलेसिया जाने कामदार गठिएको भन्दै ती संस्थामाथि कारबाही थालेपछि प्रक्रिया बन्द भएको हो ।

सरकारले निर्णय गरेपछि ती संस्थाले काम बन्द गरेका थिए । सरकारले ती संस्थाका ३४ जना सञ्चालक पक्रेर कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

सरकारले निर्णय गरे पनि मलेसियाले त्यसलाई मान्यता दिन थालेका छैन । कूटनीतिक पहल भैरहेको श्रम मन्त्रालयले जनाएको छ ।

४८ जना पक्राउ परेपनि अरु कर्मचारी छुटेको र ३४ जनामाथि सोधपुछ चलिरहेको प्रहरी अपराध महाशाखाले जनाएको छ । मलेसिाय जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ३९ वटा मात्रै स्वास्थ्य संस्थाले मलेसियामा सेटिङ्ग मिलाएका थिए ।

तर सरकारले त्यसलाई तोडेपनि नयाँ व्यवस्थाका लागि कूटनीतिक पहल निस्कर्षमा नपुग्दा अन्यौल थप बढेको छ । स्वास्थ्य परीक्षण रोकिएसँगै मलेसियाका लागि पूर्व स्वीकृति दिन पनि बन्द गरिएको वैदेशिक रोजगार विभागले.जनाएको छ ।

अहिले पूर्व स्वीकृति दिँदा कुन प्रक्रियाबाट दिने भनेर अन्यौल भएकाले रोकिएको विभागका महानिर्देशक भुवनप्रसाद आचार्यले बताए ।

मलेसिया दूतावासले ३९ वटा स्वास्थ्य परीक्षण गरेका संस्थामार्फत मात्रै भिसाका लागि प्रक्रिया अगाडि बढाउने भएकाले अरु स्वास्थ्य संस्थाबाट परीक्षण गरेमा भिसा लाग्दैन । सरकारले त्यसका लागि पहल गरिरहे पनि टुङ्गो लागेको छैन ।

मलेसिया नेपालीको पहिलो रोजाइको गन्तव्य हो । २०७४ सालमा सबैभन्दा बढि मलेसिया १ लाख १६ हजार ५ सय ७२ जना गएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?