आश्रम

९९८ बिगाहको मालिक ‘स्वर्गद्धारी’ मागेर काम चलाउँदै

९९८ बिगाहको मालिक ‘स्वर्गद्धारी’ मागेर काम चलाउँदै
+
-

दाङ – एक सय गाई बाँधिएका छन् । गाउँमा गाई देखिन छाडे तर, स्वर्गद्धारी आश्रममा अझै गाईको बथान नै देख्न पाइन्छ । स्वर्गद्धारी आश्रममा एक सयजना विद्यार्थी (बटुक) अध्ययनरत छन् । जहाँ संस्कृत विषयको पढाई हुन्छ ।

विद्यार्थीको सम्पूर्ण खर्च आश्रमले व्यहोर्नुपर्छ । एक सय ४२ जना गौ सेवा, अतिथि सेवामा खटिने कर्मचारी छन् । मासिक तलब दिनुपर्छ । आश्रममा साधुसन्त, ब्राहमण गरी दैनिक दुई सय ५० जनाको लागि खाना बन्छ ।

प्यूठान स्वर्गद्धारी आश्रम, वनगाउँ र झिगौरा गरी तीन ठाउँमा करिब ७ सय गाई छन् । यी गाईका लागि पराल, दाना नियमित दिनुपर्छ । तर गाईलाई खुवाउने पराल सम्म अरुसँग मागेर काम चलानुपर्ने बाध्यता स्वर्गद्धारी आश्रमलाई परेको छ ।

दाङ जिल्लामा मात्रै ९ सय ९८ विगाह जग्गा रहेको आश्रमलाई गाईलाई खुवाउने परालसम्म सापट माग्नुपर्ने अवस्था कसरी आयो ? ९ सय ९८ बिगाह मध्ये ३० बिगाह जग्गाको मात्रै आयस्ता आश्रमलाई प्राप्त हुन्छ भन्दा पक्कै पनि आश्चर्य मान्नुपर्ने अवस्था हुन्छ ।

स्वर्गद्धारी आश्रमको नाममा दाङमा एक हजार ५० बिगाह जमिन हो । अरु जग्गा सडकमा परेपछि ९ सय ९८ बिगाह कुल जमिन भएको हो । जस मध्ये खेत ६ सय ३१ बिगाह एक कट्ठा छ । बारी ३ सय ६७ विगाह ७ कट्ठा छ ।

७ सय ७६ बिगाह ७ कट्ठा जग्गामा मोही लागेको छ । आश्रमको शुद्ध घर खेती दुई सय २१ बिगाह १७ कट्ठा ७ धुर छ । आश्रमको ३६ सय ११ कित्ता हो । पुरानो मोही संख्या २ सय ७९ छ । आश्रमको जग्गा जोत भोग गरेबापत वर्षमा १८ सय १५ कुन्टल ५० किलो धान, ४ सय १८ क्विन्टल ३६ किलो तोरी संकलन हुनुपर्ने हो ।

किसानले धान प्रति कट्ठा धेरैमा २७ किलो ३९ ग्राम देखि ६ किलो ५३० ग्राम, तोरी प्रति कट्ठा ११ किलो १९ ग्राम देखि ३ किलो ७ सय ३१ ग्राम बुझाउनुपर्ने हो । भूमि सुधार कार्यालयले २०२२ सालमा मूल्य तोकेको हो । तर अहिले मुस्किलले खाद्यान्न संकलन हुन्छ ।

‘आश्रमको नाममा रहेको जग्गाको बर्सेनि सरकारलाई मालपोत बुझाउँदै आएका छौँ । तर आश्रमले आफ्नो जग्गाको आयस्ता समेत पाउँदैन्’ स्वर्गद्धारी आश्रमका प्रशासनिक प्रमुख हरि अधिकारीले भने ‘मोही किसानहरुले बर्सेनि बुझाउनु पर्ने कुत समेत नबुझाउदा आश्रम संकटमा पर्न थालेको छ ।’

दाङको टरिगाउँमा ७२ विगाह ७ कट्ठा १० धुर, सौडियारमा ९५ विगाह ४ कट्ठा १९ धुर, रामपुरमा १ सय ७६ विगाह १२ कट्ठा २ धुर, चैलाहीमा ३ सय ४७ विगाह ७ कट्ठा १६ धुर, सतवरीयामा ९४ विगाह ९ कट्ठा १० धुर, घोराहीमा एक सय ८५ विगाह २ कट्ठा १० धुर जग्गा आश्रमको नाममा छ ।

भूमिसुधार कार्यालयले २०५१ सालमा ९५ बिगाह जग्गा बाट मोही निस्कासन गरेको थियो । साविक चैलाही र सतवरीया मौजाको जग्गामा समस्या छ । चैंलाही मौजाको अर्नहवामा मात्रै ४० विगाह जमिन अतिक्रमणमा छ । आश्रमको नाममा रहेको जग्गामा ठूला बिल्डिंग ठडिएका छन् । आन्तरिक रुपमा लाखौँ मूल्यमा यहाँ किनबेच चल्छ ।

आश्रमको प्यूठान जिल्लामा रहेको जग्गाको विवरण ।

‘एक व्यक्तिबाट धेरै व्यक्तिमा गैसकेको छ । त्यहाँ बसोबास गर्नेहरुले कुत बुझिदिनुप¥यो भन्नुहुन्छ तर, हामीसँग उहाँहरुको बसोवास बारे कुनै रेडर्क छैन् । कानुनी रुपमा कुत बुझने कुनै आधार छैन्’ अधिकारीले भने ‘हामीले गरेको अध्ययनबाट अर्नहवामा करिव २ सय ५१ जनाको बसोबास छ । जस मध्य ५० जना निम्न हुनुहोला तर, अरु सम्पन्न ब्यक्तिहरुकै बसोवास छ ।’

रामपुर मौजामा पनि जग्गाको बेचबिखन आन्तरिक रुपमा चलेको छ । पुर्जा आश्रमको नाममा छ तर, लाखौँ मूल्यमा जग्गा बिक्री गरेका छन् । किसानहरुले जोेतेको जग्गामा तेस्रो व्यक्तिको हालिमुहाली छ । आश्रमसँग सम्झौता गरेका किसान त्यहाँ छैनन् । अरु व्यक्तिहरुले नै जग्गा चर्चिएका छन् । अदालतमा मुद्धा पर्छ । प्रहरी, अदालतका कर्मचारी घर भत्काउन पुग्छन् । तर, राजनैतिक आडमा तेस्रो पक्षको हालीमुहाली मौलाएको छ ।

आश्रमको नाममा दाङ जिल्लामा रहेको जग्गाको विवरण ।

उनले भने, ‘न उ आधिकारीक मोही हो न साच्चिकै गरिब किसान हो ।’ तर, यहाँ बसोवास गर्नेहरुले भने आश्रमले आफूहरुको समस्या समाधान गर्न ध्यान नदिएको बताउने गर्छन् । स्वर्गद्धारी आश्रम र किसान संग मोहियानी हकको बारेमा समस्या बल्झीरहेको छ ।

‘मोहियानी हक आश्रमले नभई भूमिसुधार कार्यालयले प्रदान गर्ने हो । आश्रमले मोहियानी हक दिएन भन्न मिल्दैन्’ प्रशासनीयक प्रमुख अधिकारीले भने ‘मोहीको समस्या झन ठूलो बनिरहेको छ । एक घर बाट २७/२८ जनामा मोही पुगेको छ ।’

स्वर्गद्धारी आश्रममा वार्षिक एक लाख दर्शक आउने गर्छन् । नेपाली र भारतीय यहाँका मुख्य श्रद्धालु भक्तजन हुन् । जती पनि जग्गा छ । त्यहाँ बाट आएको आयस्ताले आश्रममा यज्ञ चलाउने भनिएको हो । तर, यज्ञ चलाउन पनि मुस्किल पर्न थालिसक्यो । भक्तजनलाई एक गिलास पानी खुवाउन पनि मुस्किल छ । खानेपानी समस्या विकराल छ ।

स्वर्गद्धारी आश्रमको नाम ढोकामा कुँदिएको । तस्बिर : दशरथ घिमिरे/देश सञ्चार

आश्रममा भएको जग्गा बाट आयस्ता नियमित उठ्ने गरेमा आश्रमको विकास गर्न सकिन्थ्यो । तर, आयस्ता नउठ्दा आश्रमको विकास रोकिएको जस्तै छ । उपयुक्त र आधुनिक धर्मसाल छैन् । भक्तजनले आफ्नो तर्फबाट बनाएका केही धर्मशाला छन् । तर, प्रयाप्त छैन् । विद्यालय चलाउन शिक्षक राख्न सकिएको छैन् ।

आश्रममा रहेको गाईहरु । तस्बिर : दशरथ घिमिरे/देश सञ्चार

शिक्षकलाई तलब खुवाउन पनि मुस्किल छ । आश्रमको अहिलेको आयश्रोत अक्षयकोष, पुजा रुद्री, नित्य हवन, दान पत्र बाट आएको रकम हो । ११ सय देखि माथिको रकम रसिद काटेमा अक्षयकोषमा जम्मा हुन्छ । ३ करोड रुपैयाँ अक्षय कोषमा जम्मा छ । यो कोष चलाउन मिल्दैन् ।

नित्य हवन, रुद्री पाठ बाट संकलन हुने रकम ब्राहमणलाई दक्षिणा दिदा सकिन्छ । २४ जना ब्राहमण छन् । दान पत्रमा वार्षिक डेढ करोड रुपैयाँ जम्मा हुन्छ । आश्रम ब्यवस्थापन गर्न खर्च पुग्दैन् । मागेर चलाउनु पर्ने अवस्था छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?