
काठमाडौँ– श्रम रोजगार तथा सामाजिक सुरुक्षा मन्त्री गोकर्णराज बिष्टले श्रम क्षेत्रलाई कानूनी दायरामा ल्याउने काम भैरहेको बताएका छन् । सोमबार अन्तराष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन नेपालमा श्रमको क्षेत्रमा भैरहेको सुधारका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएका हुन् ।
सम्बोधनका क्रmममा श्रममन्त्री विष्टले श्रमिकहरुको हकहित रक्षा गर्न एवं श्रम क्षेत्र नियमन गर्नका लागि समग्र श्रम क्षेत्रलाई कानूनी दायरामा ल्याउने काम भैरहेको बताएका छन् । नेपालले श्रम ऐन, २०७४ तथा नियमावली,२०७५ कार्यन्वयनमा ल्याएको बताएका छन् । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यन्वयन सुरु भएको र केहि वर्षभित्रमा अनौपचारिक क्षेत्रलाई कानूनी दायरामा ल्याउने गृहकार्य गरिरहेको जानकारी गराए ।
सन् २०२५ भित्र बालश्रम उन्मुलन गर्ने गरि गुरु योजना तयार गरी अघि बढिरहेको समेत बताएका छन् । संबोधनका क्रममा मन्त्री विष्टले वैदेशिक रोजगारीलाई बाध्यात्मक नभई स्वेच्छिक बनाउन नेपालमा प्रधानमन्त्री रोजगार कार्यक्रमसँगै अन्य कार्यक्रम सुरु गरिएको जानकारी दिए ।
नेपाल हाल कोलम्बो प्रोसेसको अध्यक्ष समेत रहेकाले आपसी परामर्श, सहयोग र समझदारीबाट श्रम आप्रवासनको क्षेत्रलाई सुरक्षित मर्यादित र व्यवस्थित बनाउन प्रतिवद्ध रहेको बताएका छन् ।