प्रधानमन्त्रीज्यू, यो फोहोरले कुन दिवस पर्खिरहेको छ ?

प्रधानमन्त्रीज्यू, यो फोहोरले कुन दिवस पर्खिरहेको छ ?
+
-

काठमाडौँ– मंगलबार विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइएको छ । दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा लिची र एभोगाडोको बिरुवा रोपेका छन् ।

भन्न त दिवसका अवसरमा एक नेपाली एक फलफूलको बिरुवा अभियान सुरु गरिएको भनिएको छ । तर राजधानिमै धेरै त्यस्ता ठाउँ छन्, जसले देशमा वातावरण संरक्षणमा कति ध्यानदिइरहेका छौं भन्ने प्रश्ट प्रतिनिधित्व गर्छ ।

वातावरण दिवसकै दिन बल्खूको फलफुल तथा तरकारी बजारमा पुग्दा त्यहाँ फोहोरले घेरेको थियो । यसले वातावरणमा मात्रै हैन, हामीले खाइरहेको तरकारी तथा खाना नै कति स्वच्छ छ भन्ने प्रश्ट अनुमान लगाउन सकिन्छ ।

प्रधानमन्त्रीले एउटा विरुवा रोपेर वातावरण दिवसको उत्साह मनाइरहँदा त्यहि सिंहदरबार पुग्ने फलफुल तथा तरकारी बजारको भने हालत खराव थियो । देश दिवसका फलफुल तथा तरकारी वितरण केन्द्रको सरसफाइमा कसैको ध्यान पुगेन । हुन त यस्ता कामका लागि आजैको दिन कुर्नु नपर्ने हो ।

तर दिवसकै दिन पनि सरोकारवाला निकायको ध्यान त्यहाँसम्म पुगेन, सिंहदरबार भित्रै केन्द्रित भयो । न त स्थानीय र यो ठाउँलाई उपभोग गरिरहेकाले नै सरसफाईमा ध्यान दिएका छन् । सफा खोज्ने तर फोहोर गर्ने स्थानीय पनि भन्छन्– ‘के गर्नु हजुर, चुनाव आउदाँ भोट माग्नको लागि अनेकथरी गरे । अहिले पटक पटक समस्या राख्दा पनि सुन्दैनन् ।’

स्थानीयले वर्षा लाग्नु पहिले नै वडाध्यक्षलाई समस्या देखाएका छन् । तर न वडाध्यक्षले ध्यान दिए, न त स्थानीयले नै अग्रसरता लिए । बल्खूको हालत उस्तै छ ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’