स्वास्थ्य

कफी पिउँदै हुनुहुन्छ ? थाहा पाउनुस् है यस्तो छ फाइदा-बेफाइदा

+
-

काठमाडौँ – धेरै यस्ता मानिसहरु छन् जसलाई बिहान एक कप कफि नपिइकन आफ्नो दिनको सुरुवात गर्न मन लाग्दैन । अनुसन्धानहरुमा सहि तरिकाको बनाइएको कफी र पिउने मात्रा सहि रहेमा कफी स्वास्थ्यको लागि राम्रो भएको तथ्य पत्ता लगेको छ ।

साथीभाइसँग भेट भएर घन्टौं कफी पिउँदै गफगाफ गर्ने चलन आजकाल ठूला शहरमा मात्रै होइन साना शहरमा र गाँउमा पनि सुरु भएको छ । तर कफी स्वास्थ्यको लागि कति महत्वपूर्ण छ र यसको सेवनले हाम्रो स्वास्थ्यमा कस्तो फाइदा गर्छ यस बारेमा धेरैलाई थाहा नहुन सक्छ ।

दिनमा दुईदेखि तिन कप कफी पिउनु स्वास्थ्यका लागि धेरै नै राम्रो हुने मानिन्छ । अध्ययन अनुसार दूध र चिनी नराखी कफी पिउनु सबैभन्दा राम्रो हुन्छ ।

त्यस्तै कफीको साथमा कुनै पनि हेभी स्न्याक्स खाएमा भने त्यसले कफीबाट हुने फाइदालाई कम गर्ने विज्ञले बताएका छन् । यस्तै एक अध्ययनले कफी पिउने मानिसहरु कफी नपिउने मानिसहरुको तुलनामा धेरै लामो आयो बाँच्न सक्ने कुरा पत्ता लगाएको छ ।

यस आधारमा भन्न सकिन्छ, कफीले काम गर्नको लागि फुर्तिलो बनाउनुको साथै यसले स्वास्थ्यमा पनि फाइदा गर्छ । तर, कफी स्वास्थ्यको लागि हरेक स्थितिमा राम्रो हुन्छ भन्ने छैन ।

नियमित रुपमा कफीको सेवन नगर्ने मानिसले कफी पिएमा उसलाई कतिपय अवस्थामा हृदयघात हुने खतरा पनि हुन सक्ने एक अध्ययनले देखाएको छ ।

कफी पिउनुका फाइदा


एउटा अध्ययनले दिनको दुईपटक कफी पिउँदा त्यसले गर्भवती महिलाबाहेक अरुलाई नराम्रो असर नगर्ने देखाएको छ ।

ब्रिटिस मेडिकल जर्नलमा छापिएको उक्त अध्ययन प्रतिवेदनका अनुसार कफीका कारण कलेजो सम्बन्धी रोग, क्यान्सर र पक्षघातका कारण हुने मृत्युको जोखिम कम हुने देखाएको छ ।

कफी नपिउनेको तुलनामा कफी पिउनेमा हृदयघात र मस्तिष्कघात जस्ता स्वास्थ्य समस्या हुने सम्भावना कम रहेको उल्लेख गरिएको छ ।
गर्भवती अवस्थामा कफी पिउनु भने जोखिमपूर्ण हुनसक्ने निचोड अनुसन्धानकर्मीले निकालेका छन् ।

तर अनुसन्धानकर्ताले कफीको मात्रा धेरै भएमा भने स्वास्थ्य समस्या देखिने बताएका छन् । यस्तै आफूले पिउने कफीमा क्रिम र केक नमिसाउन भनेका छन् ।

कफी नपिउने मानिसका तुलनामा दिनको लगभग दुई तीन कप कफी पिउने मानिसहरुमा मुटु सम्बन्धी समस्याहरु कम देखिने वा त्यससम्बन्धी रोगका कारण कम मृत्यु हुने गरेको र कफीमा पाइने क्याफिनका कारण पार्किन्सन्सको रोगका बिरामीलाई उपयोगी हुने उक्त अनुसन्धानमा बताइएको छ ।

कफी पिउनुको सबैभन्दा ठूलो फाइदा चाहिँ कलेजो सम्बन्धी रोग अनि क्यान्सरको जोखिम घटाउन सहयोग गर्छ । त्यस्तै कलेजोको क्यान्सरको खतरा केही हदसम्म कम रोक्न सहयोग गर्छ ।

तर उक्त अध्ययनका सह लेखक तथा युनिभर्सिटी अफ साउद ह्याम्पटनका प्राध्यापक पउल रोड्रिक भन्छन् । उमेर, धुमपान, व्यायाम जस्ता कुराले क्यान्सर हुनुमा भूमिका खेलेको हुन्छ ।

उनका अनुसार दिनको दुईदेखि तीनपटक कफी सेवन गर्नुको फाइदा बेफाइदा भन्दा धेरै छन् ।

ब्रिटेनको स्वास्थ्यसम्बन्धी निकाय एनएचएसले गर्भवती महिलाले दिनको २०० मिलिग्राम भन्दा बढी क्याफीन पिउन नहुने बताएको छ । बढी कफी सेवन गर्दा महिलाहरुमा गर्भपातको जोखिम हुने उनको भनाई छ ।

त्यसबाहेक हड्डी कमजोर भएका महिलाहरुलाई पनि कफीको मात्रा कम गर्न उक्त अध्ययनले सुझाव दिएको छ ।

अनुसन्धानकर्ताहरुले कफी पिउनेहरुलाई स्वस्थ्य रुपमा कफी खान सुझाव दिँदै बढी चिनी नहाल्न, दूध वा क्रिम अनि चिल्लो पदार्थको मिश्रण सकेसम्म कम गर्न सुझाव दिएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?