मलेसियाको स्वास्थ्य परीक्षण गर्ने ३८ सिन्डिकेटधारी धरौटीमा छुटे

मलेसियाको स्वास्थ्य परीक्षण गर्ने ३८ सिन्डिकेटधारी धरौटीमा छुटे
+
-

काठमाडाैँ- मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सिन्डिकेट खडा गरेका स्वास्थ्य व्यवसायी धरौटीमा छुटेका छन्।

स्वास्थ्य परीक्षणका नाममा ठगी गरेको भन्दै प्रहरीले गत जेठ ६ गते ४८ जनालाई पक्राउ गरेको थियो। उनीहरु धरौटी बुझाएर आइतबार छुटेका छन् ।

१० जना कर्मचारीलाई सोधपुछपछि छाडिएको थियो । काठमाडौँ प्रहरीले बायोमेट्रिक्समा आवद्ध ३४ जना र ललितपुर प्रहरीले ४ जनालाई मुद्दा चलाएको थियो ।

अदालतले मागेको १५ लाखका दरले धरौटी बुझाएर सृजना मेडिकल सेन्टरका सञ्चालक छुटेका छन्। सुपर हेल्थ केयर सेन्टरका केशर थापा १० लाख रुपैयाँ धरौटी बुझाएर छुटेको काठमाडौं प्रहरी प्रमुख विश्वराज पोखरेलले जानकारी दिए।

उनका अनुसार डाइनेस्टिक मेडिकल सेन्टरका सञ्चालक ७ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् भने अरुलाई यसभन्दा कम धरौटी मागिएको थियो। उनीहरु पनि धरौटी बुझाएर छुटेका छन् ।

यता ललितपुर प्रहरीले मुद्दा चलाएका चार जना पनि धरौटीमा छुटेका छन्। ललितपुर प्रहरी प्रवक्ता, डिएसपी नरेन्द्र चन्दले दिएको जानकारी अनुसार सुवा प्याथोलोजि एण्ड क्लिनिकका शेरबहादुर लिम्वु ७ लाख रुपैयाँ, उपत्यका प्याथोलोजी क्लिनिकका मन्जु अधिकारी १० लाख रुपैयाँ र सुनापाथी पोलिक्लिनिक एण्ड हेल्थ सेन्टरका लक्ष्मण सुवा र बलराम रेग्मी जनही ११ लाख रुपैयाँका दरले धरौटी बुझाएर छुटेका हुन् ।

श्रममन्त्री गोकर्ण विष्टले गत जेठ २ गते मलेसिया जाने कामदार ठग्ने नाममा स्वास्थ्य परीक्षण लगायत विभिन्न नाममा एकतर्फी खडा भएका संस्था खारेज गर्ने निर्णय गरेका थिए । त्यस लगतै काम बन्द गरेका व्यवसायीलाई प्रहरीले पक्रेको थियो । २९ वटा संस्थाका सञ्चालक पक्राउ परे पनि बाँकी फरार भए ।

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न वायोमेट्रिकमा आवद्ध ३९ वटा स्वास्थ्य संस्थाले मात्रै पाउने व्यवस्था थियो । सरकारले त्यो व्यवस्था खारेज गरेपछि मलेसिया कामदार जान बन्द भएको छ ।

नेपाल सरकारले श्रम मन्त्रालयमा सूचिकृत भएका २ सय ३५ वटै स्वास्थ्य संस्थालाई मान्यता दिन अनुरोध गरेपनि मलेसियाले हालसम्म कार्यन्वयन गरेको छैन ।

यस्तै मलेसिया जाने कामदारसँग माइग्राम्सका नाममा अनलाइन दर्ता भन्दै ३ हजार ३ सय, वायोमेट्रिक्सले स्वास्थ्य परीक्षण ४ हजार ५ सय, ओएससीले कामदार ल्याउने पासपोर्ट बुझ्न ३ हजार १ सय ६४, भिएलएन पासपोर्ट दूतावास पु¥याउन ३ हजार ६ सय १६ रुपैयाँ लिने गरेको छ।

जीएसजीले अध्यागमन सेक्युरिटी पास प्रमाणित भनेर ३ हजार २ सय र भिसा शुल्क वापत दूतावासले ७ सय रुपैयाँ लिँदै आएको छ। यसरी विभिन्‍न शीर्षकमा कामदार ठगिंदै आएका छन् ।

पहिले भिसा शुल्क ७ सय र स्वास्थ्य परीक्षण ३ हजार रुपैयाँ मात्रै लाग्थ्यो । एक पछि अर्को गर्दै मलेसिया जाने कामदार ठग्‍न विभिन्‍न संस्था खडा भएका थिए ।

उता साउदी, ओमन र बहराइन जाने युवाको गाम्का नेपालमा आवद्ध १२ वटा मात्रै स्वास्थ्य संस्थाको सिन्डिकेट कायम छ ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?