
भक्तपुर – जीवन सत्यको खोजी । ज्ञानको बाटो । आफूलाई मात्र होइन अरुका लागि पनि सजिलोका कामना गर्ने । सत्यको बाटो देखाउने ।
धर्मका रुपमा बुझिएको मानवताको वकालत गर्नेहरुको जमात बिहानै भक्तपुरमा भिक्षा माग्दै गरेका देखिए । यी हुन्, बुद्धिष्ट भिक्षुहरु ।
गेरु वस्त्र, हातमा भाँडो, लहरै हिँडेका भिक्षुहरुको लाइन । त्यो लाइनमा छन्, भर्खरै निर्वाणको बाटोमा लागेका बालक भिक्षुहरु, वयस्क हुँदै गरेकाहरु अनि उनीहरुका गुरुहरु पनि ।