मुग्लिन–नारायणगढ सडकखण्ड : दोस्रो चरणको कालोपत्रे पनि सम्पन्न

मुग्लिन–नारायणगढ सडकखण्ड : दोस्रो चरणको कालोपत्रे पनि सम्पन्न
+
-

काठमाडौँ – निर्माणाधीन मुग्लिन–नारायणगढ सडकखण्डमा दोस्रो चरणको कालोपत्रे पनि सकिएको छ ।

एक हप्ताअघि पहिलो चरणको कालोपत्रे सकिएर दिनभर गाडी चल्न थालेको सडकमा दोस्रो चरणको कालोपत्रे पनि सकिएको मुग्लिन–नारायणगढ सडक आयोजनाका सिनियर डिभिजन इन्जिनियर गोविन्द खनालले देश सञ्चारलाई जानकारी दिए ।

निर्माणाधीन साढे ३३ किलोमिटर मध्ये केही छिटफुट ठाउँमा मात्रै दोस्रो चरणको कालोपत्रे बाँकी रहेको उनले बताएका छन् ।

पहिलो चरणको कालोपत्रे गर्ने काम सकिएपछि गएको बुधबारदेखि नै यो बाटोमा गाडी दिनभर चल्न दिइएको थियो । त्यसअघि दिनको ६ घण्टा (बिहान १० देखि दिउँसो ४ बजेसम्म) गाडी रोकेर काम हुने गरेको थियो ।

आयोजनाका सिनियर डिभिजन इन्जिनियर खनालका अनुसार पहिलो चरणमा जस्तै दोस्रो चरणमा पनि ६ सेन्टिमिटरको कालोपत्रे गरिएको हो । योसँगै मुग्लिन–नारायणगढ सडक खण्डको मोटाइ १२ सेन्टिमिटरको भएको छ ।

अब अन्तिम चरणमा एस्फाल्ट कंक्रिट गरिने छन् । दोस्रो चरणको कालोपत्रे सकिएपछि यो भन्दा गुणस्तरको एस्फाल्ट कंक्रिटको काम अब हुने उनले जानकारी दिए ।

एस्फाल्ट कंक्रिट चार सेन्टिमिटरको हुनेछ । यसरी समग्रमा मुग्लिन–नारायणगढ सडक खण्डको सडकमा कालोपत्रेको मोटाइ १६ सेन्टिमिटरको हुनेछ ।

मुग्लिन–नारायणगढ सडक आयोजनाका सिनियर डिभिजन इन्जिनियर खनालले भने, ‘ठूला गाडी गुड्ने भएकाले बलियो बाटो बनाउनका लागि दुई चरणमा कालोपत्रे र अन्तिम चरणमा एस्फाल्ट कंक्रिट गर्न लागिएको हो ।’ उनले आउँदो असार मसान्तसम्ममा लगभग सबै काम सक्ने तयारी रहेको बताए ।

बाटो बनाइसक्नका लागि पछिल्लो पटक थपिएको समय जेठ १६ गतेसम्म थियो । तर काम पूरा भएको छैन । आउँदो असार मसान्तसम्ममा छिटफुट काम बाहेक अरु काम सकिने उनले बताएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?