
काठमाडौं- नारायणहिटी दरबार क्षेत्रको क्षतिग्रस्त दक्षिणपूर्वी भेगको सरकारले पुन:निर्माण गर्ने भएको छ।
भूकम्प गएको तीन वर्षपछि बल्ल सरकारले नारायणहिटीको पूर्वी दक्षिणी भेगमा रहेको गेटलगायत अन्य संरचनाको निर्माणमा चासो दिएको हो।
भूकम्पले नारायणहिटी दरबार क्षेत्रका केही भागहरुमा क्षति पुगेको थियो। नारायणहिटी दरबारभित्र पूर्वराजा ज्ञानेन्द्र शाहकी मुमा रत्न शाह एक्लै बस्छिन्।
पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नी आमालाई भेट्न कहिलेकाहिँ दक्षिणपूर्वी गेट पनि प्रयोग गर्छन्।
देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले नयाँ निर्माणका लागि भत्काएको नारायणहिटी दरबार क्षेत्रका केही तस्बिरहरु आफ्नो क्यामरामा कैद गरेकी छन्: