रोकिएन अवैध धन्दा

वैदेशिक रोजगार विभागका केही कर्मचारी छानविनको दायरामा

वैदेशिक रोजगार विभागका केही कर्मचारी छानविनको दायरामा
+
-

काठमाडौँ– वैदेशिक रोजगार विभागमा कर्मचारी र म्यानपावर व्यवसायीको मिलेमतोका कारण हुने अवैधानिक धन्दा अझै रोकिएको छैन । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कर्मचारीबाटै सुधार सुरु गर्न आवश्यक रहेको भन्दै केही कर्मचारी परिवर्तन गरेपनि अवैध धन्दा भने कायम छ ।

बितेका केही महिनामा एकपछि अर्को गर्दै वैदेशिक रोजगार विभागका तत्कालिन महानिर्देशक विश्वराज पाण्डे सहितका आधादर्जन कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेको थियो ।

विभाग कर्मचारीकै कारण बदनाम हुन थालेपछि श्रम मन्त्रालयले कर्मचारी हेरफेर गरिरहेको छ । तर कर्मचारीको ‘कू’ कर्म भने रोकिएको छैन ।

गत हप्ता श्रम स्वीकृति भन्दा फरक कामका लागि भीसा आएपनि स्वीकृति दिएको फेला परेको छ । वैभव म्यानपावर कम्पनीबाट कूवेत जान लागेका ५ जना महिलालाई कागजात नमिलि श्रम स्वीकृति दिएको पाइएपछि वैदेशिक रोजगार विभागले यस्तो कार्यमा संलग्न कर्मचारीलाई कारबाही गर्ने निर्णय गरेको छ ।

पहिले संलग्न कर्मचारीमाथी अनुसन्धान गर्ने र कारबाही गर्ने निर्णय भएको विभागका महानिर्देशक भुवनप्रसाद आचार्यले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिसा र श्रम स्वीकृति फरक परेपछि उनीहरुलाई विमानस्थलबाट फर्काइएको थियो । म्यानपावर कम्पनीलाई पनि अबदेखि यस्तो अवैध कार्य नगर्न सचेत गराइएको विभागले जनाएको छ ।

पूर्व स्वीकृति क्लिनरको कामको लागि आएको भएपनि भिसा भने उच्च दक्ष कामदारको लागि थियो । यस्तो भेटिएपछि उनीहरु विमानस्थलबाट फर्काइएका हुन् । क्लिनरको काममा अदक्ष कामदार जाने गरेका छन् ।

श्रम तथा रोजगार मन्त्रालयले श्रोतले भन्यो, ‘विभागमा पल्केका कर्मचारीहरु छन्, उनीहरुलाई फेर्ने कुरा भैरहेको छ, एकै पटक सबै कर्मचारी सरुवा गर्दा काममा असर पर्छ भनेर एक एक गरि तान्दै छौं ।’ उनका अनुसार श्रम तथा रोजगार मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरिरहेको र कर्मचारी फेर्ने पक्षमा श्रममन्त्री विष्ट नै रहेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?