वैदेशिक रोजगार व्यवसायी संघमा चर्कियो विवाद

लोकतान्त्रिक व्यवसायीको छुट्टै भेला

लोकतान्त्रिक व्यवसायीको छुट्टै भेला
+
-

काठमाडौँ– वैदेशिक रोजगार व्यवसायी संघभित्र विवाद चर्किएको छ । पछिल्लो समय श्रममन्त्री गोकर्ण विष्टले व्यवसायीलाई वास्तै नगरी निर्णय गर्न थालेपछि संघ विवादमा फसेको हो । संघभीत्र अध्यक्ष रोहन गुरुङ निरिह बनेको र व्यवसायीको हितका लागि आवाज उठाउन नसकेको आवाज बलियो बन्दै गएको छ ।

नेपाली कांग्रेस निकट वैदेशिक रोजगार व्यवसायीले छुट्टै भेला गरेर संघलाई व्यवसायीको हितका विषयमा कुरा उठाउन दबाब दिने निर्णय गरेका छन् । भीषा लागेर जान नपाएका कामदारको विषयमा कुरा उठाउन संघलाई सचेत गराउने र संघले कुरा उठाउन नसके आफैँ अग्रसर हुने निर्णय गरेको छ ।

मलेसियाको सिन्डिकेट तोड्ने सरकारको निर्णय भने राम्रो भएको र यसलाई सफल बनाउन सहयोग गर्ने पूर्व अध्यक्ष समेत रहेका विमल ढकालले बताएका छन् । भिसा लागेका कामदारलाई रोकेर सरकारले गलत गरेको ढकालको भननाई छ ।

मलेसियामा सिन्डिकेट तोड्दा आकस्मिक रुपमा रोजगारी हुँदा धेरै कामदार अलपत्र परेको र त्यसको दोष व्यावसायीले खेप्नु पर्दापनि संघले कुरा गर्न नसकेको भन्दै फोरममा आवद्ध व्यवसायीले अध्यक्ष रोहन गुरुङको आलोचना गरेका छन् । अध्यक्ष गुरुङले आफ्नो हितका लागि मन्त्रीसँग मिलेर व्यवसाय डुबाउन लागेको उनीहरुको आरोप छ ।

बुधबार भएको भेलामा कमल तामाङले अहिलेको संघले यी समस्या समाधान गर्न नसक्ने भन्दै फोरमले अग्रसरता लिनु पर्ने बताए । प्रज्ञान न्यौपानेले संघका अध्यक्षले फेसबुकमा लेखेर भन्दा पनि सम्बन्धित निकायसँग छलफल गरेर समस्या सुल्झाउनु पर्ने बताए । सरकारी निकायले हेपेको र कुरा राख्न सक्ने दम नदेखिएको बताए ।

संघले व्यावसायीको हकको आश नगरे हुने बताए । मन्त्रीले धरौटी बढाउने तयारी गरे पनि अध्यक्ष गुरुङले व्यवसायीसँग भ्रामक कुरा गरेको न्यौपानेको आरोप छ । संघका द्घितिय उपाध्यक्ष समेत रहेका फोरममा आवद्ध व्यवसायी भुवनसिं गुरुङले संघका अध्यक्ष व्यवसायीका समस्या समाधानमा गम्भीर नबनेको बताएका छन् ।

संघका अध्यक्ष रोहन गुरुङले भने यस विषयमा आफ्नो केहि प्रतिक्रिया नरहेको बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?