नारायणगढ–मुग्लिन सडकखण्ड : अहिले समस्या छैन

नारायणगढ–मुग्लिन सडकखण्ड : अहिले समस्या छैन
+
-

काठमाडौँ – निर्माणको अन्तिम चरणमा पुगेको नारायणगढ–मुग्लिन सडकखण्डमा आइतबार नियमित रुपमा गाडी सञ्चालन भएका छन् ।

बाटोमा कहिँ कतै पहिरो नगएकाले आवत–जावतमा समस्या नरहेको आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए । निर्माणको क्रममा पहिरोको जोखिम देखिएका क्षेत्रमा पहिरो रोकथामका लागि गरिएका काम प्रभावकारी देखिएकाले समस्या कम भएको उनले बताए ।

यो सडकखण्डका २७ किलो, भालुढुङ्गा, चार किलो, चोरखोला तथा टोपे खोलासहितका ठाउँमा भौगोलिक रुपमा पहिरोको जोखिम बढी देखिएको छ ।

यी ठाउँमा पहिरो रोकथामका लागि रक नेटिङ्ग, रक बोल्डिङ, रक एङ्करिङगसहितका काम गरिएको उनले बताएका छन् । अहिले स्लोप ट्रिमिङ्ग गरिएका क्षेत्रमा पहिरो रोकथामका लागि थप उपायहरु अपनाइने आयोजनाले जनाएको छ ।

बर्खाको सिजन रहेको र माटो कमजोर तथा चलायमान रहेका क्षेत्रमा पहिरो जोखिम भएकाले यात्रुलाई सचेत हुन भने आयोजनाले आग्रह गरेको छ । आफूहरु पनि कुनै अवरोध आएमा त्यसलाई हटाउनका लागि तयारी अवस्थामा रहेको सूचना अधिकारी खनालले बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?