
धननढी-कैलालीमा पछिल्ला वर्षहरुमा सम्बन्ध विच्छेद भयावह बन्दै गएको छ। पछिल्ला वर्षहरुमा जिल्ला अदालत कैलालीमा दर्ता भएका मुद्दाहरुको संख्यालाई हेर्दा सम्बन्ध विच्छेदले भयावह रुप लिन थालेको जिल्ला अदालतको तथ्याङकले बताउँछ।
जिल्ला अदालतको तथ्याङक अनुसार सबैभन्दा बढी सम्बन्ध विच्छेदका घटना दर्ता भएका छन्। पछिल्ला दुई वर्षमा मात्रै जिल्लामा सम्बन्ध विच्छेदका घटनामा ६० प्रतिशतले वृदि भएको अदालतको तथ्याङकले देखाएको छ।
आर्थिक वर्ष २०७२/७३ मा जिल्लामा सम्बन्ध विच्छेदका १ सय ३१ मुद्धा दर्ता भएकोमा गत आर्थिक वर्ष २०७३/७४ मा बढेर १ सय ५१ मुदा दर्ता भएका छन्।
चालू आर्थिक वर्षको जेठ मसान्तसम्म मात्रै जिल्लामा गत दुई वर्षको भन्दा करीब ६० प्रतिशतले वृदि भई १ सय ९० सम्बन्ध विच्छेद्धका मुद्धा दर्ता भएको जिल्ला अदालत कैलालीकी निमित्त श्रेष्तेदार फणेश्वरी घिमिरेले जानकारी दिइन्।
अदालतको तथ्याङक अनुसार चालु आर्थिक वर्षमा जिल्लामा १ हजार १ सय ४९ मुद्दा दर्ता भएकोमा तिमध्ये सवै भन्दा बढी मुद्धा सम्बन्ध विच्छेदका दर्ता भएका छन्। सम्बध विच्छेदको मुख्य कारण वैदेशिक रोजगार रहको जानकारहरु बताउछन्।
पुरुष वैदेशिक रोजगारीका लागि विदेशिनु, महिला शहरमा एक्लै बस्नु र पैसाको दुरुपयोग गर्दा सम्बन्ध विच्छेदका घटनामा वृद्धि भएको बताईएको छ ।
यसका साथै बालविबाहले पनि सम्बन्ध विच्छेदमा वृदि गराएको घिमिरेले बताईन्।
यसका साथै सामाजिक सञ्जाल, ईन्टरनेट, मोवाईल, फोन लगायतले पनि सम्बन्ध विच्छेदका घटनामा वृदि गराएको छ।सानो-सानो विषयमा झगडा हुदा आवेगमा आएर समेत सम्बन्ध विच्छेद गरिने गरिएको छ।
त्यसैले सम्बन्ध विच्छेदका घटनाको न्युनीकरणका लागि श्रीमान् श्रीमतीबीच विश्वास को वातावरण बन्न आवश्यक रहेको जानकारहरु बताउँछन्।