मलेसियाका अवैधानिक नेपालीलाई सहयोग गर्न दूतावासका कर्मचारी पेनाङ्ग र जोहोर जाने

मलेसियाका अवैधानिक नेपालीलाई सहयोग गर्न दूतावासका कर्मचारी पेनाङ्ग र जोहोर जाने
+
-

काठमाडौँ-मलेसियास्थित नेपाली दूतावासले गैरकानूनी रुपमा बसेका नेपालीलाई फर्काउन कन्सुलर सेवा सम्बन्धि एक दिने कार्यक्रम गर्ने भएको छ। कार्यक्रममा एकतर्फी यात्रा अनुमती पत्र जारी गर्ने दूतावासले जनाएको छ ।

आगामी असार ३० गते मलेसियाको पेनाङ्ग र जोहोरमा बिहान १० बजेदेखि कार्यक्रम हुनेछ । मलेसिया सरकारले आगामी अगष्ट ३० सम्म अवैधानिक भएर मलेसियामा काम गरिरहेका आप्रवासीलाई घर फर्किने समय सीमा तोकेको छ ।

घर फर्किने प्रक्रियामा रहेको अवैधानिक नेपालीलाई त्योदिन आवश्यक कागजात र दस्तुर लिएर आउन दूतावासले विज्ञाप्ति मार्फत अनुरोध गरेको छ । नेपाली नागरिकताको प्रतिलिपि, राहदानीको प्रतिलिपि, २ प्रति पासपोर्ट साइजको फोटो र १६० रिङ्गिट राजश्व लिएर जानु पर्नेछ ।

यसैबीच वैदेशिक रोजगार व्यवसायी संघले दूतावासले सहजीकरण गर्न लागेको प्रति खुशी व्यक्त गर्दै केहि सुझाव पनि दिएको छ । संघका अध्यक्ष रोहन गुरुङले शनिबार करार अवधि पूरा नगरेका नेपाली श्रमिकको हकमा सिफारिस गर्नु पहिले श्रमिकको राहदानीको सक्कल अवस्था र तलव लगायतका विषयमा स्पष्ट गर्न दूतावाससँग माग गरेका छन् ।

यस्ता कामदारको हकमा मलेसियाका रोजगारदाता र म्यानपावर व्यवसायीसँग पनि समन्वय गर्दा राम्रो हुने संघको भनाई छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?