कामदारले अतिरिक्त शुल्क तिरेर विदेश जानुु पर्दैन : श्रम मन्त्री विष्ट

कामदारले अतिरिक्त शुल्क तिरेर विदेश जानुु पर्दैन : श्रम मन्त्री विष्ट
+
-

काठमाडौँ – कामदारलाई अतिरिक्त शुल्क तिराएर वैदेशिक रोजगारीमा पठाउने कार्य रोकिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताएका छन् ।

मलेसिया जाने कामदारबाट विभिन्न नाममा रकम उठाइरहेका संस्थामाथिको कारबाही पनि कामदारकै हितका लागि गरिएको मन्त्री विष्टले बताए । यी संस्थाले कामदार ठगी गरिरहेकाले सरकार तमासे बनेर बस्न नसकेको र त्यसतालाई कारबाही गर्न कानुन अनुसार कदम चाल्नुु सरकारको न्युनतम दायित्व भएको विष्टको भनाई छ ।

राष्ट्रियसभामा सोमबार जवाफ दिँदै मन्त्री विष्टले म्यानपावरको संस्थागत विकास लागि पनि मापदण्ड बन्दै गरेको बताएका छन् । वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन नीति निर्माण भैरहेको मन्त्री विष्टले बताए ।

राष्ट्रियसभामा मन्त्री विष्टले भने, ‘अब वैदेशिक रोजगारको क्षेत्रमा विकृतिको राज रहँदैन, सहज हिसावले वैदेशिक रोजगारीमा जाने वातावरण सरकारले मिलाउँछ, वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था रहेसम्म सुुरक्षित बनाउनु हाम्रो कर्तव्य हो ।’

वैदेशिक रोजगारीमा जानेलाई सिप लातिम अनिवार्य गरिने पनि मन्त्री विष्टले बताए । यसका लागि केन्द्रमा सीमित व्यवस्थालाई प्रदेश र स्थानीय तहमा पुर्‍याउने उनको भनाई छ ।

केही समयपछि अनिवार्य गरिने सीप तालिम ७५३ वटै स्थानीय तहबाट लिन सकिने मन्त्री विष्टले दावी गरे । देशभित्रै रोजगारीमा आकर्षण गर्न कामदारको न्युनतम तलब बढाउन लागिएको समेत विष्टले प्रश्ट पारेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?