
थाइल्याण्डको उत्तरी क्षेत्रमा रहेको गुफामा फसेका १२ बालक र उनीहरुका फुटबल प्रशिक्षकको उद्धारमा खटिएका ‘डाइभर्स’ विभिन्न देशका थिए, जसले थाइल्याण्डको नौसेनासँग सहकार्य गरेर चुनौतीपूर्ण काम पूरा गरे ।
उनीहरुको विश्वभरबाट प्रशंसा भइरहेको छ । १२ बालक र उनीहरुका प्रशिक्षकलाई बेपत्ता भएको ९ दिनपछि दुई बेलायती डाइभर्सले भेट्टाएका थिए । त्यसपछि विश्वव्यापी रुपमा उद्धार अभियानले चासो पायो ।
थाई नौसेनाका धेरै नेभी डासभर्सले उद्धार अभियानमा भाग लिए । यस क्रममा थाई सेनाका पूर्व नेभी डाइभर सेमन गुनानको गएको बुधबार गुफामा निधन भयो ।
‘मिसन इम्पोसिबल’ को रुपमा हेरिएको उद्धार अभियानमा खटिएकाहरुको बारेमा सीमित जानकारी मात्रै सार्वजनिक गरिएको छ । उद्धारमा खटिएका धेरै यसबारे कुरा गर्न इच्छुक देखिएका छैनन् । यो प्रक्रियामा थाई र विदेशी गरी ९० भन्दा धेरै उद्धारकर्मी खटिएका थिए ।
त्यसमध्ये केही यस्ता छन्ः
जोन भोलान्थेन र रिचर्ड स्टान्टन
बेलायतका जोन भोलान्थेनको आवाज नै त्यो आवाज हो, गुफामा फसेका १२ बालक र उनीहरुका प्रशिक्षकले ९ दिनपछि सुने । उनी र उनका साथी बेलायती डाइभर स्टान्टनलाई थाई अधिकारी बोलाएका थिए ।
उनीहरुसँगै बेलायतका गुफा विशेषज्ञ रोबर्ट हार्पर थाइल्याण्ड पुगे । फुटबल टिम बेपत्ता भएको तीन दिनपछि नै उनीहरु थाइल्याण्ड पुगेका थिए ।
भोलान्थेन आइटी कन्सलट्यान्ट हुन् भने स्टान्टन पूर्व फायर फाइटर हुन्, उनीहरु दक्षिण तथा मध्य वेल्सको गुफा उद्धार टिमका सदस्य हुन् । उनीहरु धेरैपटक यस्तै खालको उद्धार अभियानमा खटिएका थिए । उनीहरुले नर्वे, फ्रान्स र मेक्सिकोमा यस्तै खालको उद्धार गरेका थिए ।
रिचर्ड ह्यारिस
डा. ह्यारिस एडिलेड अस्ट्रेलियाका हुन् । उनीसँग दशकौँको डाइभिङ अनुभव छ । उनले गुफामा फसेका बालकहरुको अवस्थाका बारेमा परीक्षण गरेका थिए । उनकै परीक्षणपछि उद्धार अभियानले हरियो झण्डा देखियो । त्यसपछि मात्रै उद्धार अभियान अघि बढ्यो ।
Adelaide doctor & cave-diving specialist Richard Harris, gave up his holidays so he could assist with the Thailand rescue operation. @9NewsAdel pic.twitter.com/DgVROfywqL
— Edward Godfrey (@EdwardGodfrey9) July 9, 2018
डा. ह्यारिस गुफामा फसेका बालकसँगै झण्डै एक हप्ता बिताए । सञ्चारमाध्यममा आएका खबर अनुसार डा. ह्यारिस केभ डाइभिङ्ग एक्सप्लोरेसन अस्ट्रेलिया, चीन, द क्रिसमस आइल्याण्ड र न्युजिल्याण्डमा गरेका थिए । उनी एनेस्थेटिस्ट हुन् भने मेडिसिन र रिट्राइभल अपरेशनमा पनि विशेषज्ञता हाँसिल गरेका छन् ।
सन् २०११ उनले आफ्नो साथीको शरीर रिकभर गरे । उनका साथी एगनेस मिलोवका अनुभवी केभ डाइभर हुन्, जो अस्ट्रेलियाको दक्षिणी क्षेत्रमा कठिन अवस्थामा सास फेर्ने हावा बिहीन भएका थिए ।
बेलायती डाइभरको आग्रहमा उनलाई थाई अधिकारीले बोलाएका हुन् ।
थाई नेभी सिल्स
उद्धार अभियानमा थाई सेनाका विशेष दस्ताका धेरै अधिकारी खटिएका छन् । यसमा सबैभन्दा बढी नोटिस भएका भनेको डाक्टर हुन् । त्यसमध्ये पाक लोहार्न्शोन र अरु तीन डाइभरहरु गुफामै बालकहरुसँग बसे ।
डा. पाकलाई थाई नेभी सिलले सार्वजनिक गरेको भिडियोमा गुफामा फसेका बालकको सानो चोटको उपचार गर्दै गरेको देखिएको छ । थाई नेभी सिलका चारजना गुफाबाट निस्कने सबैभन्दा पछिल्ला व्यक्ति हुन् ।
सेमन गुनान
गुनान उद्धार अभियानको क्रममा निधन भएका व्यक्ति हुन् । उनी थाइ नेभीका अवकास प्राप्त नेभी भाइभर हुन् । उनले उद्धार अभियानमा भोलेन्टियर रुपमा सहभागी भए ।
उनी गुफाबाट बाहिर निस्कने बेलामा होस गुमाए । उनी जुलाई ६ मा एयर ट्यांक लिएर गुफामा गएका थिए । उनका साथीहरुले बचाउने कोशिस गरे तर सकेनन् । उनको शरीर बाहिर निकालियो ।
बेन रेमेनेन्ट्स
बेल्जियमका बेनले फुकेनमा डाइभ पसल चलाउँछन् । उनी बालकहरुलाई पहिलो पटक भेट्टाउने समूहका सदस्य हुन् ।
क्लाउस रास्मुस्सेन
डेनिस क्लाउस केही वर्षदेखि थाइल्याण्डमा बस्दै आएका छन् । उनले धेरै डाइभ स्कुलमा काम गरेका छन् । उनी अहिले बेन रेमेनेन्ट्सको कम्पनी ब्लु लेबल डाइभिङ्ग इनस्ट्रक्टरको रुपमा कार्यरत छन् ।
उनले डाइभिङ्ग गरेका छन्, पूरै एसियामा । यस्तै उनले दक्षिण पूर्वी एसियाका धेरै देशमा काम गरेका छन् ।
मिको पासी
फिनल्याण्डका मिको पासी थाइल्याण्डको सानो आइल्याण्ड कोह ताओमा रहेको डाइभिङ्ग सेन्टरका संस्थापक हुन् ।
उनी प्राविधिक डाइभिङ्गमा विशेषज्ञता हाँसिल गरेका व्यक्ति हुन् । उनी केभ डाइभिङ्गमा विशेष केन्द्रित छन् । उनी जुलाई २, गुफामा बालक भेटिएकै दिन भाइसँग थाइल्याण्ड गएका हुन् ।
इभान काराड्जिक
इभान काराड्जिक अहिले कोह ताओमा केही वर्षदेखि बस्दै आएका छन् । उनीले पासीसँग मिलेर डाइभिङ्ग सेन्टर चलाइरहेका छन् । उनले फसेका बालकहरुलाई पहिलो पटक भेट्ने मौका पाएका हुन् ।
एरिक ब्राउन
क्यानेडेली ब्राउन भ्यानकुभरमा प्राविधिक डाइभिङ्ग इनस्ट्रक्टरका रुपमा कार्यरत छन् । उनले डाइभिङ्ग एक दशकअघि सुरु गरेका हुन् ।
उनले इजिप्टको डाइभिङ्ग स्कुल टिम ब्लु इमर्सनका संस्थापक हुन् । उनले मंगलबार बेलुका फेसबुकमा लेखेका अनुसार ९ दिनमा सातपटक डाइभिङ्ग मिसन पूरा गरेका छन् ।