
थाइल्याण्डको उत्तरी क्षेत्रको गुफाबाट उद्धार गरिएका १२ बालक र उनीहरुका फुटबल प्रशिक्षकको अहिले उपचार भइरहेको छ । थाइल्याण्डको अस्पतालमा उपचाररत बालकको पहिलो भिडियो सार्वजनिक भएको छ ।
‘मिसन इम्पोसिबल’ मानिएको जोखिमपूर्ण उद्धार अभियानबाट विश्वकपमा विभिन्न देशका उद्धारकर्मीले उनीहरुलाई सकुशल बाढी पसेको गुफाबाट बाहिर निकालेका हुन् ।
उपचार भइरहेका बालकको भिडियो पहिलो पटक सार्वजनिक भएको छ र उनीहरुले मास्क लगाएका छन् भने उनीहरु हस्पिटल गाउनमा छन् । उपचाररत मध्ये तीन बालकले भिडियो खिच्दै गर्दा क्यामरा तर्फ विजयको संकेत गरेका छन् ।
उनीहरुले नमस्कार पनि गरेका छन् । थाइ नेभी सिलले विश्वकपको ध्यान तानेको तीन दिने उद्धार अभियानको भिडियो पनि सार्वजनिक गरेको छ । उद्धारको क्रममा नर्तसिउन भनेर बालकहरु तथा प्रशिक्षकलाई बेहोस बनाइएको खबर पनि आएका छन् ।
उद्धारमा खटिएका केभ डाइभर्सका अनुसार अँध्यारो, साँघुरो तथा पानीमुनिबाट निस्कनु पर्ने बाटोमा नर्तिउन र उनीहरुमा एन्जाइटीसहितका मनोवैज्ञानिक असर नपरोस् भन्नका लागि उद्धारको क्रममा बालक तथा उनीहरुका प्रशिक्षकलाई बेहोस बनाइएको थियो ।
मंगलबार उद्धार अभियानले सार्थक रुप लिएको थियो । बुधबार थाइ नेभी सिललका अधिकारीले झिनो आश वास्तविकतामा परिणत भएको बताए ।
उपचारमा रहेका बालकलाई उनीहरुका अभिभावकले सिसाको झ्याल बाहिरबाट हेरेका छन् । बालक तथा प्रशिक्षकलाई पोशषण विदको निगरानीमा अहिलेसम्म हलुका खाना मात्रै दिइएको छ । यस्तै उनीहरुको विभिन्न परीक्षणहरु भइरहेका छन् ।
गएको जुन २३ मा फुटबलको प्रशिक्षण सकेर गुफामा गएका १२ बालक र उनीहरुका प्रशिक्षक त्यहिँ फसेका थिए । १२ बालक र उनीहरुका फुटबल प्रशिक्षक प्रशिक्षण सकेर गुफा हेर्न गएका थिए ।
चिएङ्ग राईमा रहेको थाम लुङ्ग गुफा गएका उनीहरु गुफामा बाढीको पानी पसेका कारण निस्कने बाटो बन्द हुँदा फसेका थिए ।