भिसा लागेर मलेसिया जान नपाएका कामदारको विवरण संकलन गर्दै म्यानपावर व्यवसायी

भिसा लागेर मलेसिया जान नपाएका कामदारको विवरण संकलन गर्दै म्यानपावर व्यवसायी
+
-

काठमाडौँ-वैदेशिक रोजगार व्यवसायी संघले सबै प्रक्रिया पूरा गरे पनि मलेसिया जान नपाएका कामदारको तथ्याङ्क संकलन गर्न थालेको छ। मलेसिया दूतावासले भिसा जारी गरिसकेका कामदारको विवरण पठाउन संघले सबै म्यानपावर व्यवसायीलाई विहीबार परिपत्र गरेको छ ।

संघका अध्यक्ष रोहन गुरुङले आगामी आइतबारसम्ममा कामदारको नाम, ठेगाना र राहदानी नम्बरसहितको विवरण पठाउन व्यवसायीलाई पत्र पठाएका हुन् । गत आइतबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट व्यवसायीसँगको छलफलमा भिसा लागिसकेका कामदारलाई अन्तिम स्वीकृति दिन सकरात्मक भएका छन्। मन्त्री विष्टले तथ्यांक मागेपछि व्यवसायी कामदारको विवरण जुटाउन लागि परेका हुन् ।

सबै प्रक्रिया मिलिसकेका तथा प्रक्रियाका क्रममा खर्च समेत गरिसकेका कामदार रोक्दा मारमा पर्ने भएकाले खोल्न मन्त्रीलाई आग्रह गरिएको संघका अध्यक्ष गुरुङले बताए। मलेसियामा जाने कामदारलाई थप आर्थिक भार पार्ने गरी खडा भएका संस्था खारेज गर्ने निर्णय पछि मलेसियाको रोजगारी बन्द भएको छ।

मलेसियाले अन्य प्रक्रिया मिलाइसकेको छैन भने नेपालले पुरानै प्रक्रियाबाट नपठाउने अडान राख्दै आएको छ । कामदारलाई अतिरिक्त भार नपर्ने गरी नेपाल कामदार पठाउन मलेसियासँग कूटनीतिक पहल भैरहेको श्रममन्त्री गोकर्ण विष्टले बताए ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?