अमेरिकामा गोविन्द केसी बचाउ अभियान, मत संकलन सुरु

अमेरिकामा गोविन्द केसी बचाउ अभियान, मत संकलन सुरु
+
-

बोस्टन (अमेरिका)- नेपालको चिकित्सा शिक्षाको क्षेत्रमा सुधार गर्न आमरण अनसन बसेका डा.गोविन्द केसीको जीवन रक्षाका लागि अमेरिकाबाट अभियान थालिएको छ ।

केसीको जीवन बचाउने पहलका लागि संयुक्त राष्ट्र संघीय मानवअधिकार आयोगसमक्ष अपिल गर्दै चेन्ज डट ओआरजीमार्फत् हस्ताक्षर संकलन अभियान थालिएको हो ।

बोस्टनस्थित सामाजिक अभियन्ता एवं स्रष्टा शिवप्रकाशले डा.केसीको प्राण रक्षा गर्न संयुक्त राष्ट संघीय मानवअधिकार आयोगसमक्ष अपिल गरिएको जानकारी दिए । शिवप्रकाशले चेन्ज डट ओराजीमा अपिल तयार गरि फेसबुक, ट्वीटर जस्ता सामाजिक संजालमार्फ्त सबैसंग डा.केसीको जीवन बचाउने अभियानमा साथ दिन आव्हान गरेका छन् ।

त्यसका लागि जतिसक्दो छिटो र धेरै मात्रामा हस्ताक्षर संलकन गर्न उनले चेन्ज डट ओराजीमार्फत् यो अभियान थालेका हुन् । बेलैमा आयोगसमक्ष अपिलको सुनुवाईका लागिएक लाख हस्ताक्षर पुर्याउनु आवश्यक रहेको उनले बताए । उनले डा.केसीको जीवन रक्षाका लागि उच्चस्तरबाट पहल हुन सक्ने देखेर आफुले यो अभियान थालेको बताए ।

चिकित्सा शिक्षाको क्षेत्रमा व्यापक सुधार गर्न बनेको अध्यादेश बीना संसोधन विधेयकका रुपमा ल्याउन माग गर्दै डा.केसी १५ औं पटक अनसन बसेका छन् । नेपालको विकट हिमाली जिल्ला जुम्लामा विगत १४ दिनदेखि आमरण अनसनमा रहेका उनको स्वास्थ्य अवस्था दिनदिनै गम्भीर बन्दै गइरहेको छ ।

केसीले चिकित्सा शिक्षा अध्यादेशकै हुबहु विधेयक ल्याउनु पर्ने मुख्य माग राखेका छन् ।

डा.गोविन्द केसीको प्राण रक्षाका लागि संयुक्त राष्ट संघ तथा राष्टसंघीय मानवअधिकार आयोगसमक्ष अपिल गरिएको छ, केसी बचाउ अभियानकर्ता शिवप्रकाशले भने, ‘एक लाख हस्ताक्षर पुर्याउन सके आयोगको ध्यान आकर्षित हुने थियो ।’

सरकारले उचित माग सम्बोधन नगर्ने र कुनै व्यक्तिको अनसनकै भरमा आफ्नो निर्णयमा पछि नहट्ने अभिव्यक्ति दिएपछि जुम्लाको चिसोमा अनसनरत डा.केसीको स्वास्थ्य अवस्था नाजुक बनेको विवरण आउन थालेका छन् ।

डा.गोविन्द केसीको प्राण रक्षा गर्न हस्ताक्षरका लागि यहाँ क्लिक गर्नुहोस्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?