
काठमाडौँ– जुम्लामा अनशनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडौँको माइतीघरमा प्रदर्शन गरिएको छ । सरकारले माथेमा आयोगको प्रतिवेदन विपरित चिकित्सा शिक्षा विधेयक ल्याएपछि प्रदर्शन भएको हो ।
माइतीघरबाट सुरु भएको र्याली नयाँ बानेश्वार पुगेर कोणसभामा प्ररिनत भएको थियो । प्रदर्शनमा नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापा, विवेकशिल साझाका संयोजक रवीन्द्र मिश्र, नेपाल चिकित्सक संघ लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
विरोध कार्यक्रममा जुम्लामा अनशनरत डा. गोविन्द केसीको अडियो सन्देश पनि सुनाइएको थियो ।
बिरोध र्यालीका तस्बिर हेर्नुहोस्