वैदेशिक रोजगार

नेपाली कामदारको विषयमा तत्काल निर्णय नलिने मलेसियाको संकेत, उच्च तहमा छलफल बाँकी

नेपाली कामदारको विषयमा तत्काल निर्णय नलिने मलेसियाको संकेत, उच्च तहमा छलफल बाँकी
+
-

काठमाडौँ-मलेसियाका अन्तरमन्त्रालयको छलफल हुन नसक्दा नेपाली कामदार बारे निर्णय लिन केहि समय लाग्ने भएको छ। मलेसियाको मानव संसाधन मन्त्रालयका अधिकारीहरुले मंगलबार कार्यवाहक नेपाली राजदूत कुमारराज खरेलसँगको भेटमा उच्च तहमा छलफल हुन बाँकी नै रहेको बताएका हुन्।

आफ्नो मन्त्रालयमा यस विषयमा छलफल भएपनि अध्यागमनको निर्णय गृहले गर्ने भएकाले गृहसँग र उच्च राजनीतिक तहमा छलफल गर्न बाँकी नै रहेको डिपुटि अन्डर सेक्रेटरी बासाह बिन बाचिकले जानकारी गराए। यद्यपी नेपाली कामदार ठगिएको विषयमा छलफल सकरात्मक भैरहेको उनको भनाई छ।

छलफलमा मलेसियाले नेपाली कामदार नरोक्न आग्रह गरेपनि नेपाली प्रतिनिधिले अहिलेकै अवस्थामा पठाउन नसकिने र जतिसक्दो छिटो सहजिकरण गरिदिन आग्रह गरेका छन्।दुवै पक्ष नेपाली कामदार रोकिँदा राम्रो सन्देश नगएको विषयमा भने एकमत छन्। तर नेपाल अहिलेकै अवस्थामा कामदार पठाउन नसक्ने र मलेसियाले पनि तत्कालै अर्को निर्णय नगर्दा कामदार पठाउने बाटो बन्द भएको हो।

मलेसियाले आन्तरिक छलफल र उच्च तहबाटै निर्णय लिनु पर्ने भएकाले समय लाग्ने बताएको छ भने नेपाल पहिलेको प्रक्रियाबाट कामदार पठाउन सहमत छैन। नेपाली कामदार पठाउनै बन्द गरिएपछि मलेसियाको चासो भने चुलिएको छ। अब हुने गृहसँगको छलफलमा यस विषयमा कुरा उठाउने मानव संसाधन मन्त्रालयका अधिकारीहरुले बताए।

नेपालले भने तत्कालका लागि भिसा शुल्क मात्रै लिएर दूतावास मार्फत नै प्रक्रिया मिलाइदिन आग्रह गरेका थिए। नयाँ सम्झौताका विषयमा सामान्य छलफल भएको र दुवै पक्षले थप छलफल गरेर टुंग्याउने कुरा भएको नेपाली दूतावास मलेसियाले जनाएको छ। आप्रवासी कामदार हेर्ने छुट्टै निकाय बनाउने विषयमा समेत मलेसियाले छलफल अगाडि बढाएको अधिकारीहरुले बताए।

यसअघि दूतावासमै पुगेर सामान्य छलफल गरेका मानव संसाधन मन्त्री कुला सेगरनले मंगलबार विशेष निर्णय गर्ने संकेत गरेपनि आन्तरिक तयारी नपुगेपछि छलफल आश्वसनमै सिमित भयो। मन्त्रीको सन्देश लिएर आएका मन्त्रालयका अधिकारीले केहिदिनमै गृहमन्त्रालय सहित छलफल गर्ने र त्यसपछि निर्णय हुने बताएका थिए।

गृहमन्त्री विरामी विदामा भएकाले तत्कालै महत्वपूर्ण निर्णय लिन नसकिएको मलेसियाका अधिकारीहरुले बताए। राजनीतिक तहमा नै छलफल गर्नु पर्ने विषय उठेकाले यसलाई मलेसियाले गम्भिरताका साथ लिएको उनीहरुको भनाई थियो।

नेपाल उठाएको भिसा शुल्क रविभिन्न संस्थाका नाममा उठाइरहेको अतिरिक्त शुल्कको विषयमा निर्णय गर्न सकिने उनीहरुको तर्क थियो।नेपाली प्रतिनिधिले भने जतिसक्दो छिटो नेपाली कामदारलाई मलेसिया आउने वातावरण बनाइदिन आग्रह गरेको थियो।

मलेसियाले बंगलादेशी कामदार रोकेकै समयमा नेपाली कामदार समेत पठाउन बन्द गरिएको विषयले राम्रो सन्देश नगएको मलेसियाका अधिकारीले बताए।
नेपाली कामदारको विषयमा छिटो निर्णय गर्न त्यहाँका सत्तासिन दलका सांसद र रोजगारदाताले समेत दवाव दिन थालेका छन्।

नेपालले भने जेठ २ गते अघि नै भिसा लागिसकेका बाहेकका कामदार नपठाउने भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपाली कामदार नठगीने अवस्था नबन्दा र सम्झौमा पुनरबिचार नगरिएसम्म नपठाइने बताउँदै आएका छन्।

नेपाली कामदार ठगिने र समस्यामा पर्ने घटना बढ्दै गएपछि श्रम मन्त्री विष्ट मलेसियाको विषयमा कडा निर्णय लिन बाध्य भएका हुन्।मलेसियामा कामदार पठाउनै बन्द गरेपछि मात्रै मलेसियाले नेपाली कामदारको सुरक्षामा चासो दिन थालेको हो।

नेपाली कामदार ठगिएको विषयमा छानविन हुनु पर्ने माग समेत त्यहाँका सांसदले उठाउन थालेका छन।नेपाल भने पहिलेका संस्था खारेज गर्ने निर्णय भैसकेपछि अब पठाउने प्रक्रियाका बारेमै अन्योल छ।मलेसिया कामदार पठाउँदा भिसा, मेडिकल लगायतका प्रक्रिया कस्तो हुने भन्ने नै अन्योल छ।यस अघि यस क्षेत्रमा अतिरिक्त शुल्क लिएर काम गरेपछि ती संस्था खारेज छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?