पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्न माग

पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्न माग
+
-

पोर्चुगल – पोर्चुगलमा रहेका प्रवासी नेपालीले पोर्चुगलमा नेपाली राजदूतावास स्थापना हुनुपर्ने माग गरेका छन् ।

प्रवासी नेपाली मञ्च पोर्चुगल, नेपाली जनप्रगतिशील मञ्च पोर्चुगल र एनआरएन पोर्चुगलको संयुक्त आयोजनामा राजधानी लिस्बनमा भएको छलफल तथा अन्तक्र्रियामा सहभागीले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसमक्ष दूतावास नहुँदा पोर्चुगलमा रहेका नेपालीले धेरै प्रकारका समस्या झेल्नुपरेको बताए ।

अन्तक्र्रियामा सहभागी अधिकांश वक्ताले राजदूतावास स्थापनाका लागि सरकारले तत्काल पहल गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले नेपालमा पोर्चुगल दूतावास स्थापनाका लागि पहल गर्न समेत मन्त्रीसमक्ष आग्रह गरे । दूतावास नभएकै कारण कागजी प्रमाणीकरण, परिवार ल्याउने कामलगायत सामान्य कागजी प्रक्रियाका लागि समेत नयाँ दिल्लीस्थित पोर्चुगली दूतावास धाउनुपर्ने बाध्यता रहेको गुनासो गरे ।

यस्तै पोर्चुगलमा रहेका नेपाली राहदानीलगायत कागजी प्रक्रियाका लागि फ्रान्सस्थित नेपाली दूतावास पुग्नुपर्ने बाध्यता रहेको दुखेसो पनि पोखे ।
सो अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले दूतावास स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने बताउँदै दुई देशबीचको व्यापार, पर्यटन र लगानीले मात्रै दूतावास स्थापनाको औचित्य पुष्टि हुने छ भने ।

कार्यक्रममा सहभागीको जिज्ञासालाई स्पष्ट पार्दै फ्रान्सका लागि नेपाली राजदूत अम्बिकादेवी लुइँटेलले फ्रान्समा रहेको दूतावासले सकेसम्म सेवा प्रदान गरेको बताइन् ।

पोर्चुगलका लागि अवैतनिक वाणिज्यदूत मकरबहादुर हमालले अवैतनिक वाणिज्यदूतावासले सेवा प्रवाहमा कुनै कञ्जुस्याइँ नगरेको जिकिर गरे । सो अवसरमा एनआरएन पोर्चुगल, दूतावास स्थापनार्थ संघर्ष समिति, नेपाली जनसम्पर्क समिति, प्रवासी नेपाली मञ्च, जनप्रगतिशील मञ्चलगायत संस्थाले दूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?