आज गुरु पूर्णिमा, शिक्षा प्रदान गर्ने गुरुप्रति श्रद्धाभाव प्रकट गरी मनाईँदै

आज गुरु पूर्णिमा, शिक्षा प्रदान गर्ने गुरुप्रति श्रद्धाभाव प्रकट गरी मनाईँदै
+
-

काठमाडौँ – आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा, शुक्रबार आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाईँदै छ ।

महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ ।

वेद व्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दु संस्कृतिलाई गुन लगाएको मानिन्छ ।

संस्कृत शब्दमा गुरुको शाब्दिक अर्थ ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश भन्ने हुन्छ । गुरु शब्दको विग्रह गर्दा ‘गिरति अज्ञानं इतिः गुरु’ अर्थात अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति नै गुरु हो ।

आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको छ । गुरुलाई आमाबुवा सरह मान्ने प्रचलन छ ।

वेदादिशास्त्रहरूको उपदेश गर्नेलाई गुरु भनिन्छ । निषेकादि संस्कार यथाविधि गर्ने र अन्नादिद्वारा पोषण गर्नेलाई गुरु भनिन्छ । यस परिभाषाअनुसार प्रथम गुरु माता–पिता हुन् भने द्वितीयगुरु पुरोहित, शिक्षक आदि हुन् । मन्त्रदाता गुरुको प्रसिद्धि छ नै ।

परम्परागत रुपमा गुरु पूर्णिमाका दिन शिष्यहरुले गुरुलाई भेट्ने चलन थियो, तर अहिले भने भेट्न भ्याउनेले भेट्छन् नभए टेलिफोन तथा सामाजिक सञ्जालमार्फत शुभकामना दिने गर्छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?