
बिरालो म्याउँ–म्याउँ निक गर्छ ? हामी सबैलाई लाग्छ कि यसको उत्तर हामीसँग छ । विशेष गरी बिरालोले राम्रो महसुस गर्छ या हामी उसलाई मायाले मुर्साछौँ, त्यसको प्रतिक्रियामा उसले म्याउँ गरेर सहमति जनाउँछ ।
या खान मन लागेको बेला वा आफू तर्फ ध्यान तान्नका लागि पनि बिरालोले म्याउँ गर्छ । तर बिरालोले गर्ने म्याउँको यो नै पूरा कथा भने होइन । उसको म्याउँसँग लामो, बिस्तारित कथा छ ।
पहिलो मानिसलाई लाग्थ्यो कि बिरालोको मुटुको दायाँ भागमा अक्सिन बिनाको रगत पु¥याउने नसासँग यसको सम्बन्ध छ । तर पछि अनुसन्धानबाट पत्ता लाग्यो कि यो आवाज बिरोलोको घाँटीबाट निस्किन्छ । जब कुनै बिरालोले सास लिन्छ वा छोड्छ, त्यो बेला आवाज निस्कन्छ ।
के म्याउँ पनि यसकै कारण हो त ?
विज्ञानको क्षेत्रले गरेको प्रगतिसँगै हामीलाई यो त जानकारी भएको छ कि घाँटीबाट हावा जाँदा बिरालोको मुखबाट आवाज आउँछ । तर यो आवाज किन निस्कन्छ ।
वैज्ञानिकका अनुसार यसको सीधा सम्बन्ध बिरालोको दिमागको एक भागको न्युरल असिलेटरसँग हुन्छ । यो न्युरल असिलेटरको अरु केही काम छैन ।
त्यसो भए जब बिरालोलाई खेलाइन्छ वा मुसारिन्छ, उसले यसको जानकारी दिमागको त्यही भाग अर्थात न्युरल असिलेटरमा महसुस गर्छ ? कहिले काहिँ यस्तो पनि हुन्छ, तर सधैँ होइन ।
बेलायतीक मारजान डेबेवेयर बिरालोकी फोटोग्राफर हुन् । उनले चारवटा बिरालो पालेकी छन् । अहिले मारजना बिरालोको मनोविज्ञान बुझ्ने प्रयासमा छिन् ।
बिरालो खुशीले मात्रै म्याउँ गर्दैन
बिरालोको म्याउँसँग जोडिएको एउटा रहस्य यो हो कि हामीले उसलाई मन पर्ने ठाउँमा मुसारेमा म्याउँ निस्कन्छ । तर बिरालो त्यो बेला पनि म्याउँ गर्छ, जब मानिस उसको नजिक हुँदैनन् ।
मारजानका अनुसार बिरालोको म्याउँमा धेरै भिन्नता हुन्छ । केही बिरालोले निकै कम म्याउँ गर्छन् भने केहीले बढी गर्छन् । मारजानका चार बिरालोमा एउटाको नाम लुइगी हो । लुइगीले निकै कम म्याउँ गर्छे । लुइगीलाई उनले सडकबाट उठाएर ल्याएकी हुन् ।
तर लामो समयदेखि घरमै पालिएको आर्ची भने धेरै म्याउँ गर्छे । मारजानले तीन हजार भन्दा धेरै बिरालोको तस्बिर खिचेकी छन् । त्यसमध्ये केहीले मर्ने बेलामा पनि म्याउँ गरिरहेका थिए । सुताउँदै गर्दा पनि बिरालोले म्याउँ गर्छन् । यसले स्पष्ट हुन्छ खुशी व्यक्त गर्न मात्रै होइन बिरालोले म्याउँ गर्ने ।
कुकुरको व्यवहारका बारेमा धेरै अनुसन्धान भएका छन्, तर बिरालोका सम्बन्ध कम अनुसन्धान भएका छन् । कुकुरलाई भन्दा बिरालोलाई चाँडो मनाउन सकिन्छ ।
वैज्ञानिकले पत्ता लगाए
अमेरिकाको सान डिएगोका बिरालो विशेषज्ञ ग्यारी वित्जम्यानका अनुसार बिरालोले म्याउँ मार्फत आफ्नो खुशी व्यक्त गर्छन् । यस्तै उनीहरु अत्तालिएको बेलामा पनि म्याउँ निस्कन्छ । तनाव वा डरको अवस्थामा पनि यो आवाज निस्कन्छ ।
उनले भने, ‘खुशीको कुरा यो हो कि, सामान्य रुपमा खुशी भएर नै बिरालोले म्याउँ गर्छन् ।’
पहिले म्याउँ मार्फत बिरालोले आफ्नो कुरा बोल्छन् भन्ने मानिन्थ्यो । २१ औँ शताब्दीको सुरमा म्याउँ मार्फत बिरालोले खुशी मात्रै होइन अरु कुरा पनि व्यक्त गर्छन् भन्ने जानियो ।
वित्जम्यानका अनुसार म्याउँ मार्फत बिरालोले अरु भावनाहरु पनि निकाल्छन् । जन्मिएको केही दिनपछि नै बिरालोले म्याउँ गर्न थाल्छन् । यही आवजको सहायताले आमाले बच्चालाई खोजेर दूध खुवाउँछन् । हुर्किएपछि पनि बिरालोमा यो बानी रहन्छ, यहि कारण खाएका बेला वा भोक लागेका बेला बिरालोले म्याउँ गर्छन् ।
यस्तै नयाँ ठाउँको खोजी गर्ने बेलामा पनि बिरालोले म्याउँ गर्ने गरेका छन् । बिरालोको म्याउँ अवस्था अनुसार फरक हुने वैज्ञानिकले पत्ता लगाएका छन् । खाना माग्ने बेला र अरु बेला गरेको म्याउँ फरक हुने वैज्ञानिकले बताएका छन् ।
बिरालोले आफ्नो थकाइ यसरी मेटाउँछन्
जनावरका बारेमा जानकारी राख्ने बेलायका साम वाट्सनका अनुसार जंगली बिरालो निकाल्ने आवाजको अर्थ के हो भन्ने अहिलेसम्म थाहा भएको छैन । उनीहरु एकअर्कालाई मुसार्दा पनि आवाज निकाल्छन् ।
बिरालोको संवादको विषयमा धेरै अनुसन्धान हुन बाँकी रहेको वाट्सनको भनाई छ । केही मानिसका अनुसार म्याउँ मार्फत बिरालोले आफैलाई सम्झाउने गर्छन् । आफ्नो दिमागको मसाज गर्छन् ।
२५ देखि १०० हर्जको आवाजबाट हड्डीको मसाज हुने गर्छ । यही कारण निदाउँदै गर्दा पनि बिरालोले घुरेको आवाज सुनिन्छ । जानकारहरुका अनुसार यस्तो आवाज निकालेर उनीहरुले आफ्नो थकाइ मेटाउँछन् ।
म्याउँ स्वास्थ्यका लागि राम्रो
विशेषज्ञका अनुसार बिरालो पाल्नु, मानवमा तनाव हटाउने राम्रो माध्यम हो । यसले मुटु सम्बन्धी रोगको खतरा एक तिहाई कम हुने विज्ञले बताएका छन् ।
बिरालोको म्याउँ हाम्रो स्वास्थ्यका लागि राम्रो मानिएको छ । वित्जम्यानका अनुसार बिरालोको म्याउँले मानिसलाई राम्रो महसुस हुन्छ । बिरालोको म्याउँलाई जति धेरै बुझ्यो त्यति राम्रो हुने उनले बताए ।