सूर्यको नजिक पुग्ने अभियान सुरु हुन २४ घण्टा ढिलाई

सूर्यको नजिक पुग्ने अभियान सुरु हुन २४ घण्टा ढिलाई
+
-

अमेरिकी अन्तरिक्ष निकाय, नासाको ‘मिसन टु टस द सन’ अथार्त सूर्यको नजिकै पुगेर अत्यसको अध्ययन गर्ने अभियान केही ढिला सुरु हुने भएको छ ।

नासाले आफ्नो इतिहासकै महत्वकांक्षी अभियान शनिबार सुरु गर्ने तय गरेको थियो । तर अन्तिम मिनेटमा गरिएको अनुसन्धानपछि अभियानयान २४ घण्टा ढिला गरी सुरु गर्ने तय भएको हो ।

नासाले सूर्यको बाहिरी वायुमण्डलसम्म पुग्ने गरी स्याटेलाइट पठाउँदैछ । नासाले पार्कर सोलार प्रोब नामको स्याटेलाइट पठाउन लागेको हो ।

पार्कर सूर्यको बाहिरी वायुमण्डल वा कोरोनासम्म पुग्नेछ । यो स्याटेलाइटले रहस्यको रुपमा रहेको सूर्यका केही विशेषता बारे जानकारी प्रदान गर्ने अपेक्षा गरिएको छ ।

तीव्र गतिमा निर्माण भएको पार्कर स्याटेलाइटले प्रतिघण्टा ४ लाख ३० हजार माइल दूरी तय गर्न सक्नेछ । अबको सात वर्षभित्र यो सूर्यको बाहिरी क्षेत्रमा पुग्नेछ । सूर्य पृथ्वीबाट ९३ मिलियन माइल पर रहेको छ ।

नासाले स्थानिय समय अनुसार आइतबार बिहान फ्लोरिडामा रहेको केप कानाभेलारबाट स्याटेलाइट पठाउने छ । पार्करले यो सबै दूरी पार गर्ने नभएर सूर्यको निकै नजिक पुग्ने हो ।

पार्करले १००० डिग्री सेल्सियस भन्दामाथिको तापक्रम सहन गर्न सक्छ । पार्करले सोलार विण्डका बारेमा विशेष अध्ययन गर्ने नासाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

सूर्यको नजिकै जाँदैछ पार्कर

सूर्यको नजिकै जाँदैछ पार्कर

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?