भक्तपुरका दुई ठाउँमा बिहानै प्रेसर कुकर बम, सुरक्षाकर्मीले निष्क्रिय पारे

भक्तपुरका दुई ठाउँमा बिहानै प्रेसर कुकर बम, सुरक्षाकर्मीले निष्क्रिय पारे
+
-

भक्तपुर – अज्ञात समूहले भक्तपुरका दुई ठाउँमा राखेको प्रेसर कुकर बम सेनाको टोलीले निष्क्रिय पारेको छ । भक्तपुरको सूर्यविनायक, आदर्श चोक र मध्यपुरठिमी नगरपालिका–१ लोकनथलीमा मंगलबार बिहानै प्रेसर कुकर बम भेटिएको थियो ।

सूर्यविनायकको आदर्श चोक र मध्यपुरठिमीको लोकनथलीमा शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी तथा सेनाको बम डिस्पोजल टोलीले बिहान ६ बजेतिर दुवै ठाउँको शंकास्पद बस्तु प्रेसर कुकर बम रहेकाले निष्क्रिय पारेको भक्तपुर प्रहरी परिसरका सूचना अधिकृत एवं प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

उनले देश सञ्चारसँग भने, ‘दुवै ठाउँमा भेटिएको शंकास्पद बस्तु प्रेसर कुकर बम रहेछ । तर दुवैलाई सुरक्षित रुपमा डिस्पोज गरिएको छ । अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ ।’

बम कसले राखेको भन्ने नखुलेको र कोही पक्राउ पनि नपरेको उनले बताए । घटनामा संलग्नको खोजी भइरहेको र भक्तपुरभरिकै सुरक्षा व्यवस्था कडा परिएको उनले जानकारी दिएका छन् ।

बम आफ्नो नेता पक्राउ परेको बिरोधमा बन्द आह्वान गरेको नेत्रविक्रम चन्द, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकताले राखेको हुन सक्ने आशंका गरिएको छ ।

भक्तपुरमा बन्दको प्रभाव भने निकै कम रहेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए । अहिले बम निष्क्रिय पारिएकोसहित सबै ठाउँमा प्रहरीको परिचालन बाक्लो रहेको र सुरक्षा व्यवस्था कडा परिएको उनले बताएका छन् ।

यो पनि पढ्नुहोस्

ग्वार्कोमा एकाबिहानै प्रेसर कुकर बम, सेनाले पार्‍यो निष्क्रिय

ग्वार्कोमा एकाबिहानै प्रेसर कुकर बम, सेनाले पार्‍यो निष्क्रिय

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?