दिपकराज गिरी भन्छन्– ‘मलाई नेपाली फिल्मको अवार्ड प्रक्रियामा विश्वास लाग्दैन’

दिपकराज गिरी भन्छन्– ‘मलाई नेपाली फिल्मको अवार्ड प्रक्रियामा विश्वास लाग्दैन’
+
-

काठमाडौँ– गएको वर्ष असार ४ मा पाँचौ ‘एनएफडिसी’ अवार्ड भएको थियो। चलचित्र छक्का पञ्जाले यसमा ‘बेस्ट फिल्म र बेस्ट निर्माता’ को अवार्ड पाएको थियो। तर अवार्ड समारोहको बिचमा चलचित्रका निर्माता एवं निर्देशक दीपकराज गिरी र दीपाश्री निरौलाद्वय बाहिरिएका थिए। उनीहरु यसरी समारोहको बिचबाट बाहिरिनुलाई धेरैले अवार्ड बहिष्कार गरेको रुपमा टिप्पणी गरेका थिए।

त्यसपछि कलाकार दीपकराज गिरीले फेसबुक स्टाटसमार्फत दर्शकलाई स्पष्टीकरण दिएका थिए।

उनले आफू अब कुनै पनि अवार्ड समारोहमा नजाने बरु त्यसको सट्टामा राम्रो चलचित्र बनाउने प्रतिक्रिया दिएका थिए, जसले खुबै चर्चा पायो।

कलाकार दीपकराज गिरीको नाम अगस्ट ३१ देखि सेप्टेम्बर २ सम्म हुने ‘नेम्पा पपुलर फिल्म अवार्ड – २०१८’ को सूचीमा छ। नेपाल चलचित्र संघले अमेरिकामा गर्न लागको यो अवार्डमा अ‍मेरिकामा रहेका ४ हजार भन्दा धेरै नेपाली सहभागी हुने बताइएको छ।

अमेरिकामा हुन लागेको ‘नेम्पा पपुलर फिल्म अवार्ड – २०१८’ तीन दिने चलचित्र सम्मेलन पनि हो। यो सम्मेलनमा अमेरिकामा बस्ने नेपाली सहभागी हुनेछन्। अवार्ड कार्यक्रममा नजाने निर्णय गरेका दिपक पनि यो सम्मेलनमा सहभागी हुन अमेरिकामा जानेछन्।

के भन्छन् त दिपक?

‘म आफूले बोलेको कुरामा अडिग छुँ, मैले भनेको थिए, अबदेखि अवार्ड समारोहमा जानु भन्दा राम्रो चलचित्र बनाउने तर्फ मेरो ध्यान रहन्छ। अमेरिकामा हुन लागेको ‘नेम्पा पपुलर फिल्म अवार्ड – २०१८’ सम्मेलन पनि हो। म सम्मेलनमा चाहिँ सहभागी हुन जान लागेको हुँ।

मलाई नेपाली चलचित्रलाई दिइने अवार्डको छनौट प्रक्रिया प्रस्ट लाग्दैन, त्यसको म विश्वास गर्दिन। कहिँ कतै प्रभावित भएको जस्तो लाग्छ। म आफैँ पनि अवार्ड लिन योग्य भइसकेको जस्तो मलाई लाग्दैन। काम नै गर्न बाँकी छन्।

अमेरिकामा हुन लागेको ‘नेम्पा पपुलर फिल्म अवार्ड – २०१८’ मा जान मलाई त्यहाँ भएका दाजुभाइले नै आग्रह गरेका हुन्, मैले त्यसको सम्मान गरेको हुँ। तर म अवार्ड वितरण समारोहमा भने सहभागी हुुँदिन।’

यो पनि पढ्नुहोस्

नेपालका पपुलर चलचित्रलाई अमेरिकामा अवार्ड दिइने, को को जाने भए अमेरिका?

नेपालका पपुलर चलचित्रलाई अमेरिकामा अवार्ड दिइने, को को जाने भए अमेरिका?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?